शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘दोश्रो भिमेश्वर कप’ कबड्डी टुर्नामेन्टको उपाधि भिमेश्वर, सैनिक र कन्या मन्दिर स्कूललाई (भिडियो)


  • सोमबार, मंसिर ३० २०७६
24K
SHARES

३० मंसिर, काठमाडौँ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीको आयोजनामा ‘दोश्रो भिमेश्वर कप’ कबड्डी टुर्नामेन्ट सम्पन्न भएको छ ।


४ दिनसम्म चलेको उक्त टुर्नामेन्ट आईतबार सम्पन्न भएको हो ।


छात्र, छात्रा र कलेज तह गरि ३ विधामा ३ सय भन्दा बढी खेलाडीहरुको टुर्नामेन्टमा सहभागिता रहेको थियो । जस अन्तर्गत कलेज स्तरिय कबड्डी टुर्नामेन्टमा आयोजक भिमेश्वर एकेडेमी प्रथम भएको छ भने समृद्धि सेकेण्डरी दोश्रो, नेपाल युवक र केभीएस कलेज तेश्रो भएका छन् ।


स्कूल छात्रतर्फ सैनिक आवासीय माध्यमिक विद्यालय प्रथम, भिमेश्वर एकेडेमी दोश्रो, ज्ञानोदय स्कूल र हर्टल्याण्ड स्कूल तेश्रो भएका छन् ।
स्कूल छात्रातर्फ कन्या मन्दिर स्कूल प्रथम, नेपाल युवक स्कूल दोश्रो, भिमेश्वर एकेडेमी र अर्किड प्यूपल सेकेण्डरी स्कूल तेश्रो भएको छ ।
यस्तै कलेजतर्फ बेष्ट रेडर सुशान्त थापा (भिमेश्वर एकेडेमी) र बेष्ट क्याचर उत्सव केसी (भिमेश्वर एकेडेमी) भएका छन् ।


स्कूल छात्रतर्फ बेष्ट रेडर अभिशेक माझी (शैनिक आवासीय माध्यमिक विद्यालय) र बेष्ट क्याचर सपन कथेत (भिमेश्वर एकेडेमी) भएका छन् ।

स्कूल छात्रातर्फ बेष्ट रेडर पवित्रा राना मगर (नेपाल युवक स्कूल) र बेष्ट क्याचर सुजता खत्री (भिमेश्वर एकेडेमी) भएकी छिन् ।


आइतबार नै विजयी टिम प्रथम, द्धितीय र तृतीयलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको थियो ।


कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९ का वडाअध्यक्ष कुन्दन खड्काको प्रमुख आतिथ्यता गरिएको पुरस्कार वितरण कार्यक्रममा वडासदस्य डोलनाथ पोखरेल, एन प्याब्सन काठमाडौँका सदस्य प्रेम भुजेल, एन प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका सचिव सुजन थपलिया, विभिन्न स्कूल प्रिन्सिपल, खेलाडी तथा कबड्डी खेलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रममा भिमेश्वरमा अध्ययनरत विद्यार्थीहरुले नृत्यद्धारा उपस्थित अतिथि तथा खेलाडीहरुलाई स्वागत गरेका थिए ।


सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले भिमेश्वर एकेडेमीका फाउण्डर, प्रिन्सिपल अमृत खड्कासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा