काठमाडौँको बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३, चुनिखेलमा रहेको पिक प्वाइन्ट एकेडेमीले भारतको पुनेमामा सम्पन्न १०औँ वल्र्ड कपमा उत्कृष्ट प्रदर्शन गर्ने नेपाली राष्ट्रिय टिमलाई सम्मान गरेको छ ।
शुक्रबार स्कूलकै प्रांगण चुनिखेलमा एक कार्यक्रमको आयोजना गर्दै सम्मान गरेको हो ।
नोभेम्बर २६ देखि डिसेम्बर ५ सम्म चलेको १०औँ पेसापाल्लो वल्र्ड कपमा नेपालले चौथो स्थान हासिल गरेको थियो भने नेपाली राष्ट्रिय टिम एशियाको उत्कृष्ट टिम घोषित भएको छ । शुक्रबार भएको सम्मान कार्यक्रममा चौथो स्थानबाट पाएको ट्रफीलाई सार्वजनिक गरिएको थियो ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर १३ का वडाअध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गरिएको उक्त सम्मान कार्यक्रममा नेपाल पेसापालो एशोसियसनका केन्द्रिय कोषाध्यक्ष विनय श्रेष्ठ, केन्द्रिय सदस्य पशान्त दाहाल, केन्द्रि सदस्य महेश केसी, पिक प्वाइन्ट टिम, पेसापालो खेलाडी लगायत पेसापालो खेलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि श्रेष्ठले खेलाडीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए । आफु सधै खेलकुदको पक्षमा रहेको र आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिवद्धता समेत व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै नेपाल पेसापालो एशोसियसनका सदस्य दाहालले नेपाल पेसापालो एशोसियसनले निर्वाह गरेको व्यबस्थापकिय भुमिका र खेलाडीहरुको अथक मेहनतबाट नेपालले चौथो स्थान हासिल गर्न सफल भएको हो । सरकारबाट पनि खेलाडीहरुलाई प्रोत्साहन हुने वातावरण भएको खण्डमा आगामी २०२२ मा फिनल्याण्डमा हुने ११औँ पेसापालो वल्र्ड कपमा नेपालको बलियो उपस्थिति रहने विश्वास समेत व्यक्त गरे ।
यस्तै सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल पेसापालो एशोसियसनका कोषाध्यक्ष श्रेष्ठले खेलाडीहरुको मनोबल बढोस् भन्ने उद्देश्यले सम्मान कार्यक्रमको आयोजना गरिएको बताए ।
खेलाडीहरुलाई पिक प्वाइन्टको तर्फबाट खादा तथा मायाको चिनो प्रदान गर्दै सम्मान गरिएको थियो ।
सोही सम्मान कार्यक्रममा केन्द्रित हुँदै केटिएम खबरका श्याम कार्कीले पिक प्वाइन्ट एकेडेमीका भाईस–प्रिन्सिपल एवं नेपाल पेसापालो एशोसियसनका केन्द्रिय सदस्य महेश केसीसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।