शनिबार, साउन ९ २०८३
ताजा अपडेट

चौधौ फेका कप फुटबल सम्पन्न, कौस्तुभलाई उपाधी


  • शनिबार, मंसिर २८ २०७६
26K
SHARES

२८ मंसिर, काठमाडौँ ।

चौधौ फेका कप फुटबलको उपाधी कौत्सुभ एकेडेमीले हात पारेको छ । पेप्सिकोला खेल मैदानमा भएको आजको फाइनल खेलमा गत बर्सको बिजेता टिम करियर बिल्डिङलाइ कौस्तुभ एकेडेमीले ५-० को शानदार जित निकाल्दै उपाधी चुमेको हो।

कौस्तुभका जर्सी न ६ का खेलाडी बिबस मगरले २ गोल गरे भने जर्सी न ११ का खेलाडी राम खड्काले १ गोल र खेलाडीहरु कृष बुढाथोकी र रबिन बमले १र१ गोल गरेका थिए । कौस्तुभ एकेडेमी गत बर्षको उपबिजेता टिम हो । यसै गरि करियर बिल्डिङ यो बर्षको उपबिजेता टिम बनेको छ । चौधौ फेका कपमा तेस्रो स्थान गेटवेले हासिल गरेको छ भने चौथो कस्मिक इन्टरनेशनल भएको छ ।

आज भएको समापन समारोहमा प्लेयर अफ टुर्नामेन्ट कौस्तुभका लक्ष्मण गुरुङ घोषित भए भने सर्बाधिक गोल गर्ने खेलाडी बिबस मगर भए । त्यस्तै इमर्जिङ प्लेयर करियर बिल्डिङका लक्ष्मण शाही भए भने बेस्ट मिडफिल्डर करियर बिल्डिङका शाहिल बस्नेत भए । बेस्ट किपर कौस्तुभका दिपेश थापा भए भने करियरका सुजन भट्टराई बेस्ट डिफेन्स घोषित भए ।

ट्रफी सहित बिजेता टिमले रु तीस हजार, बीस हजार , दस हजार र पाच हजार नगद पुरस्कार प्राप्त गरेका छन ।

कार्यक्रमलाई सम्बोधन गर्दै फेका अध्यक्ष नबराज भट्टले फेका फुटबलको उपहार रास्ट्रलाइ खेलाडी भएको बताएका छन । फेकाले यो पटक सागमा गोल किप्परको रुपमा रहेका खेलाडी फेकाको उत्पादन भएको बताउदै फेका टिमले निरन्तर सन्चालन गरेको खेलको कारणले यो सम्भब भएको दोहोर्‍याए । उनले खेल सफलतापुर्बक सप्पन्न गर्न सहयोग पुर्याने सबैलाई धन्यवाद ज्ञापन गरे ।

कौस्तुभ एकेडेमीका प्रीन्सिपल तथा खेल सयोजक किरण न्यौपानेले केटिएम खबरसंगको संक्षिप्त्त प्रतिक्रिया दिदै खेलाडिहरुको निरन्तर प्रयास एबम सहकर्मी तथा सबैको प्रयत्नकोको प्रतिफल नै कौस्तुभ एकेडेमीको जितको कारणको भएको बताएका छन । खेलाडीको उच्च हौसल्लाका लागि कौस्तुभले कुनै कसर बाकी नराखी काम गरेको बताए । उनले भने आगामी दिनमा खेल क्षेत्रमा कौस्तुभ एकेडेमी अझ मिहिनेत गरेर अगाडि बढ्ने छ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा