शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘दोश्रो भिमेश्वर कप’ कबड्डी टुर्नामेन्ट सुरु (भिडियो)


  • शुक्रबार, मंसिर २७ २०७६
28.1K
SHARES

२६ मंसिर, काठमाडौँ ।

कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले उपत्यकाव्यापी अन्तरविद्यालय ‘दोश्रो भिमेश्वर कप’ कबड्डी टुर्नामेन्ट मंसिर २६ गते बिहिबारदेखि सुरु गरेको छ ।


बिहिबार भव्य उद्घाटनका विच प्रतियोगिता सुरु गरिएको हो ।


राष्ट्रिय कबड्डी एशोसियसन नेपालकी अध्यक्ष एवं सांसद तुलसा थापाको प्रमुख आतिथ्यतमा गरिएको उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय कबड्डी एशोसियसन नेपालका कोषाध्यक्ष अरबिन्द्र झा, प्रदेश नम्वर ३ पर्यटन समितीका उप–संयोजक बशन्तराज कार्की, बरिष्ठ पत्रकार सुरोजंग पाण्डे, नेसनल प्याब्सन काठमाडौँका सदस्य प्रेम भुजेल, नेसनल प्याब्सन काठमाडौँका सदस्य सम्झना लामा, न्यु भिजन स्कूलका एकेडेमिक डाइरेक्टर टंक थापा, नेसनल प्याब्सन कागेश्वरी मनोहरा नगर कमिटीका सचिव सुजन थपलिया, विभिन्न स्कूलका प्रिन्सिपल, विद्यार्थी एवं कबड्डी खेलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


कार्यक्रमकी प्रमुख अतिथि थापाले पानसमा दीप प्रज्वलन गरि प्रतियोगिताको औपचारिक उद्घाटन गरेकी थिइन् ।


यस्तै भिमेश्वरमा अध्ययनरत विद्यार्थीहरुले नृत्यद्धारा अतिथिलाई स्वागत गरेका थिए ।


उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि थापाले प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्दै भिमेश्वरले सुरु गरेको कबड्डी टुर्नामेन्ट निकै नै प्रशंसनीय कार्य रहेको बताउनु भयो ।


४ दिनसम्म चल्ने प्रतियोगितामा छात्र, छात्रा र कलेज तह गरि ३ विधामा ३ सय भन्दा बढी खेलाडीहरुको सहभागित रहेकोछ ।
विजयी प्रथम, द्धितीय र तृतीय हुने टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।


प्रतियोगितामा २४ भन्दाबढी विद्यालयको सहभागिता रहने जनाइएको छ ।


यस्तै बिहिबार भएको कलेजतर्फको खेलमा ब्रिजवाटर कलेजलाई पराजित गर्दै हर्टल्याण्ड कलेज विजयी भएको छ । समृद्धि कलेजलाई पराजित गर्दै भिमेश्वर (कलेज तह) विजयी भएको छ । सिसिआरसीलाई पराजित गर्दै नेपाल युवक कलेज विजयी भएको छ ।


स्कूलतर्फ भएको खेलमा एजीएम स्कूलाई पराजित गर्दै आयोजक भिमेश्वर विजयी भएको छ ।

स्कूल छात्रातर्फ भएको खेलमा नेपाल युवक स्कूललाई पराजित गर्दै कन्या मन्दिर विजयी भएको छ ।


सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृत खड्कासंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः

थप तस्विरः

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा