
२४ मंसिर, काठमाडौँ ।
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्वर ९, काडाघारी, सनसिटी चोकमा रहेको भिमेश्वर एकेडेमीले उपत्यकाव्यापी अन्तरविद्यालय ‘दोश्रो भिमेश्वर कप’ कबड्डी टुर्नामेन्ट मंसिर २६ गते बिहिबारदेखि सुरु गर्ने भएको छ ।
स्कूलकै प्रांगण काडाघारीमा बिहान १० बजे भब्य उद्घाटन कार्यक्रम गर्दै प्रतियोगिता सुरु गरिने जनाइएको छ ।
राष्ट्रिय कबड्डी एशोसियसन नेपालकी अध्यक्ष तुलसा थापाको प्रमुख आतिथ्यतमा गरिने उक्त उद्घाटन कार्यक्रममा विभिन्न स्कूलका प्रिन्सिपल एवं कबड्डी खेलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहनेछ ।
४ दिनसम्म चल्ने प्रतियोगितामा छात्र, छात्रा र कलेज तह गरि ३ विधामा ३ सय भन्दा बढी खेलाडीहरुको सहभागित रहने भिमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृत खड्काले बताउनु भयो ।
विजयी प्रथम, द्धितीय र तृतीय हुने टिमलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
प्रतियोगितामा २४ भन्दाबढी विद्यालयको सहभागिता रहने जनाइएको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।