१८ भदौ, काठमाडौँ ।
नेपाल विद्यालय रग्वी आयोगको आयोजनामा ‘दोश्रो यु–१६ महिला तथा पुरुष अन्तरविद्यालय टच रग्वी प्रतियोगिता–२०७६’ हुने भएको छ ।
बुधबार बूढानीलकण्ठमा रहेको बाल विकास बोर्डिङ्ग हाई स्कूलमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी गराइएको हो ।
भदौ २० र २१ गते हुने उक्त प्रतियोगितामा महिला र पुरुषतर्फ दुवै गरी ४२ टिमको सहभागिता रहने बताइएको छ ।
नेपाल विद्यालयय रग्वी आयोग २०७५ सालमा गठन भएको हो । गठन भए लगत्तै गत कात्तिकमा भारतको भुवनेश्वरमा भएको यु–१८ एशिया स्तरिय खेलमा नेपालले बंगलादेश विरुद्ध ३३ स्कोर गर्दै रग्वीको इतिहासमै बढी स्कोर गर्ने देशको नाम दर्ता गराएको छ । जसबाट हामीलाई थप उत्साह थपिएको छ । यस्तै जापानमा रग्वी वल्र्ड कप–२०१९ हुँदै छ । जसको पूर्वसन्धयामा विद्यार्थी तथा खेलाडीलाई रग्वी खेल सिक्न र बुझ्न सहज होस् भन्नका लागि प्रतियोगिताको आयोजना गर्न लागिएको नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारी (दीपक) पत्रकार सम्मेलनमा बोल्दै उक्त जानकारी गराए ।
विजयी टिमलाई ट्फी, पमाण–पत्रद्धारा पुरस्कृत गरिनेछ । यस्तै बेष्ट प्लेअरलाई समेत पुरस्कृत गरिने बताइएको छ ।
पत्रकार सम्मेलनमा नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारी (दीपक) तथा पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल लगायत रग्वीसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले नेपाल विद्यालय रग्वी आयोगका अध्यक्ष जेबी अधिकारी (दीपक) संग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानीको सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।