शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘प्रथम केभीएस सुपर लिग’ जेठ १५ देखि हुने, प्रथमलाई नगद ५० हजार


  • सोमबार, जेष्ठ १३ २०७६
40.5K
SHARES

१३ जेठ, काठमाडौँ ।
‘विद्यालयहरुसँगको सुमधुर सम्बन्ध निर्माण गर्दै प्रतिभाशाली खेलाडीको उत्पादन’ भन्ने नारा सहित काठमाडौको गैरीगाउँ, सिनामंगलमा रहेको काठमाडौँ विनायक शिक्षालय (के भी एस) को आयोजनामा अन्तर विद्यालय छात्र फुटबल प्रतियोगिता ‘प्रथम केभीएस सुपर लिग’ को आयोजना हुने भएको छ ।

के भी एस कप फुटबल प्रतियोगिताको विषयमा आज संवाद चौतारीमा पत्रकार सम्मेलनको आयोजना गरि आयोजक विद्यालय काठमाडौ विनायक शिक्षालयले जानकारी गराएको हो ।

जेठ १५ गते गणतन्त्र दिवसको दिनदेखि सुरु हने प्रतियोगीता जेठ २५ गतेसम्म नक्साल स्थित सानो गौचन खेल मैदानमा संचालन हुने छ ।

प्रतियोगीतामा काठमाडौका कुल १६ वटा विधालयहरुको सहभागीता रहने र सहभागी टिमलाई ४ समुहमा विभाजन गरि समुह चरणमा लिग र सो पश्चात नकआउट चरणबाट प्रतिष्पर्धा गराईने आयोजकले जनाएको छ ।

प्रतियोगिताका विजयी प्रथम, द्धितीय र तृतीय टिमलाई क्रमस नगद पचास हजार, तीस हजार र दश दश हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

प्रतियोगीतको उद्घाटन जेठ १५ गते बुधवार सानोगौचरण खेल मैदानमा राष्टिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले गर्ने बताइएको छ ।

प्रतियोगीताका सम्पुर्ण खेलहरु नेशनल रेफ्री र एन्फाका रेफ्रीहरुले संचालन गर्ने छन् ।

१० दिन सम्म चल्ने प्रतियोगितामा ७ लाख खर्च हुने अनुमान आयोजकले गरेको छ ।

प्रथम केभीएस कपले विधार्थीहरुको चौतर्फी विकासमा सहयोगीहुने र देशका लगी योग्य खेलाडी उत्पादनमा सहयोग पुुर्याउने उदेश्यले प्रतियोगीता आयोजना गरिएको के भी एसका प्रिन्सिपल सम्झना लामाले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलन कार्यक्रममा के भी एसका अध्यक्ष गेन्द्र लामा, प्रिन्सिपल सम्झना लामा, संयोजक राजेन्द्र लामा, सञ्चारकर्मी एवं फुटबलसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा