
काठमाडौँ ।
बूढानीलकण्ठ नगरपालिका वडा नम्वर ११, कपनमा रहेको साम्तेन मेमोरियल एजुकेशनल एकेडेमीकी छात्रा निर्झरा राईले अन्तराष्ट्रिय कराँते पदक जितेकी छिन् ।

सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकामा आयोजित मेयर कपसंगै उक्त प्रतियोगितामा ५ हजार प्रतिस्पर्धिहरुलाई पछि पार्दै निर्झराले स्वर्ण पदक हात पार्न सफल भएकी हुन् ।

३० केजी तौल समूह विचमा गरिएको कराँते प्रतियोगितामा राईले उत्कृष्ट खेल प्रदर्शन गर्दै उपाधि पाएकी हुन् ।
मंलबार उनलाई विद्यालयको तर्फबाट विशेष बधाई तथा सम्मान गरिएको थियो ।
उपाधि पाएसंगै मंगलबार बिहान विद्यालयको तर्फबाट पनि सम्मान निर्झरालाई सम्मान गरिएको थियो ।

उक्त सम्मान कार्यक्रममा बोल्दै प्रशिक्षक तथा काठमाडौं गुजुरियो कराँतेका अध्यक्ष दीपक लामाले निर्झराका सफलताको मुख्य कारण ऊ स्वयं नै रहेको र उसको निरन्तरताले नै उसलाई सफलता दिएको बताएका थिए । उनीबाट सबै विद्यार्थीहरुले पाठ सिक्नुपर्ने बताए ।
निर्झराका बाबू विदेशमा रहे तापनि आमाले घरमा राम्रो र हौसलापूर्ण वातावरण दिएको कुरो निर्झराले बताइन । यस वातावरणका लागि स्कुललाई धन्यवाद दिदै अब हुने विश्व च्याम्पियनसिपमा पनि स्वर्ण पदक ल्याएरै छोड्ने आत्मविश्वास निर्झराले व्यक्त गरिन् ।
सानै उमेरमा अन्तराष्ट्रिय पदक जितेकामा परिवारमा खुसी छाएको समेत उनकी आमाले बताइ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।