१८ चैत्र, काठमाडौँ ।
कपन मार्ग, बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुल (जिबिएचएस) ले सोमबार (आज) बाट ‘जिबिएचएस कप साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप–२०१९’ सुरु गरेको छ ।
दुई दिनसम्म चल्ने उक्त प्रतियोगितालाई सोमबार उद्घाटन कार्यक्रम गर्दै ‘जिबिएचएस कप साउथ एशियन गोजुरियो कराँते च्याम्पियनसिप–२०१९’ सुरु गरिएको हो ।
पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा गरिएको उक्त कार्यक्रममा काठमाडौँ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष ध्रुबराज न्यौपाने, स्कुल व्यबस्थापन टिम, खेलाडी लगायत कराँतेसंग सरोकार राख्ने विभिन्न व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले पानसमा दिप प्रज्वलन गरि प्रतियोगिताको औपचारिक उद्घाटन गरेका थिए ।
च्याम्पियनसिपमा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता रहेको छ ।
देशभरिबाट करिब ४ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहेको छ भने १०० भन्दा बढी बिदेशी खेलाडीको सहभागिता रहेको छ ।
देशको शिरलाई उच्च राख्न प्रतियोगिताको आयोजना गरिएको आयोजक विद्यालय गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलका फाउण्डर, डाइरेक्टर डिआर लामिछानेले बताउनु भयो ।
विभिन्न ४० विधामा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ १६ विधामा प्रतियोगिता गरिने कार्यक्रम संयोजक सानु बाबु गिरिले बताउनु भयो ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।
सोही प्रतियोगितामा केन्द्रित हुँदै केटिएम खबरका लागि श्याम कार्कीले गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुलका डाइरेक्टर डिआर लामिछाने, नेपाल गोजुरियो कराँते डो संघका अध्यक्ष सिपि घर्ति मगर, एसियाली गोजुरियो कराँते संघका महासचिव बिआर मित्रसंग स्थलगत सम्वाद गरेका छन् । प्रस्तुत छ सोही कुराकानी सम्पादित भिडियो अंशः
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।