शनिबार, साउन ९ २०८३
ताजा अपडेट

‘जिबिएचएस साउथ एशियन कराँते च्याम्पियनसिप’ सोमबारदेखि


  • सोमबार, चैत्र १८ २०७५
34.8K
SHARES

काठमाडौँ ।
कपन मार्ग, बासबारीमा रहेको गुह्येश्वरी बोर्डिङ्ग हाई स्कुल (जिबिएचएस) ले सोमबारदेखि ‘जिबिएचएस कप साउथ एशियन गोजु–काई कराँते च्याम्पियनसिप–२०१९’ सुरु गर्ने भएको छ ।


चैत्र १६ गते शनिबार स्कुलको प्रांगणमा पत्रबार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी गराईएको हो ।


दुई दिनसम्म चल्ने उक्त साउथ एशियन गोजु काई कराँते च्याम्पियनसिपमा दक्षिण एशियाली राष्ट्रहरु नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र भुटानको सहभागिता रहने बताइएको छ ।


देशभरिबाट करिब ४ सय भन्दा बढि खेलाडीहरुको सहभागिता रहनेछ भने १०० भन्दा बढी बिदेशी खेलाडीको सहभागिता हुनेछ ।


नेपालको नाम विश्वमा चिनाउने उद्देश्य सहित उक्त ‘जिबिएचएस कप साउथ एशियन गोजु काई कराँते च्याम्पियनसिप–२०१९’ सुरु गर्न लागेको गुह्येश्वरीका डाइरेक्टर डिआर लामिछानेले बताउनु भयो ।


विभिन्न ४० विधामा हुने उक्त प्रतियोगितामा पुरुषतर्फ २४ र महिलातर्फ १६ विधामा प्रतियोगिता गरिने कार्यक्रम संयोजक सानु बाबु गिरिले बताउनु भयो । चैत्र १८ गते उद्घाट कार्यक्रमका विच प्रतियोगितालाई सुरु गरिने र १९ गते समापन गरिने संयोजक गिरि बताउनुहुन्छ ।
विजयी खेलाडीहरुलाई ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिनेछ ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा