शनिबार, साउन ९ २०८३
ताजा अपडेट

आइपीएलः आज पञ्जाब र कोलकत्ताको खेल हुने


  • बुधबार, चैत्र १३ २०७५
27.8K
SHARES

१३ चैत । भारतको क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आईपीएल) आज सारुक खानको कोलकत्ता नाइटराइडर्स र प्रिती जिन्टाको किंग इलेभेन विच कोलकत्तामा हुनेछ ।
अघिल्लो खेलमा पञ्जाबले राजस्थान रोयल्सलाई १४ रनले हराएको थियो । क्रिस गेलको व्याटिङमा पञ्जावले जित निकालेको थियो । कोलकत्तताले पनि सनराइज हैदारबादलाई ७ विकेटले हराएको थियो ।
हार बेहोरिसकेको खेलमा कोतकत्ताका आन्द्रे रसोलले विष्फोटक व्याटिङ गर्दै आफ्नो टीमलाई जित दिलाएका थिए । भारतीय विकेटकिपर दिनेश कार्तीको कप्तानीमा रहेको टिममा क्रिस लेन, रोविन उथप्पा, नितिश राना, सुभमान गिल जस्ता व्यट्समेत छन् भने अन्द्रे रसोल जस्ता म्याच विनर अलराउण्डर पनि छन् ।

कोलकत्ताको वलिङ लाइन पनि बलियो छ । सुनिल नारायण, प्युस चावला, कुलदिप यादव जस्ता राम्रा वलर सहित कोलकत्ता आज हुने आफ्नो दोस्रो खेलमा पनि जीत निकालन चाहन्छ ।

भारतीय स्पिनर रविचन्द्र आस्वीनको कप्तानीमा रहेको किंग इलेभनेन पञ्जावमा विस्फोटक ब्याट्मेन क्रिस गेल, लोकेश राहुल मयंक अग्रवाल, सरफराज खान जस्ता राम्रा व्याट्समेन रहेका छन् ।

पञ्जावको वलिङलाइनमा पनि महमोद समी, मुस्तफिज रहमान, अंकित राजपुत जस्ता राम्रा बलर छन् । आइपीएलको पछिल्ला ५ भेटमा २ खेल पञ्जाबले जितेको छ भने ३ खेल कोलकत्ताले जितको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा