शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

लामो दूरीको यातायात भदौ १ गतेदेखि खुल्ने


  • मंगलबार, साउन ६ २०७७
17.9K
SHARES

लामो दूरीका निजी तथा सार्वजनिक सवारी साधन भदौ १ गतेदेखि मात्र सञ्चालन हुने भएको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले भदौ १ देखि लामो दूरीको सार्वजनिक यातायात सञ्चालन गर्ने निर्णय गरेको सञ्चार र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । यातायात व्‍यवसायीहरुले साउन ८ गतेदेखि नै मध्यम तथा लामो दूरीमा यातायात सञ्चालन गर्न दिन माग गरेका थिए ।

तर सरकारले भदौ १ गतेपछि मात्र लामो दूरीको यातायात खोल्ने निर्णय गरेको हो ।

भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । मन्त्री खतिवडाका अनुसार निजी सवारीको जोर विजोर भने हटेको छ ।

सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा