चेल्सी एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार भएको क्वाटरफाइनलमा लेष्टर सिटीलाई १–० गोल अन्तरले पराजित गर्दै चेल्सी अन्तिम चारमा पुगेको हो ।
लेष्टरको मैदानमा भएको खेलमा चेल्सीलाई जित दिलाउन रोस बार्क्लीले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ६३ औं मिनेटमा बार्क्लीले निर्णायक गोल गरेका थिए ।
यससँगै चेल्सी एफए कपको सेमिफाइनलमा पुग्ने तेस्रो टिम बनेको छ । यस अघि म्यानचेस्टर युनाइटेड र आर्सनल सेमिफाइनलमा पुगिसकेका छन् ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।