
२९ फागुन, काठमाडौँ ।
सामाजिक संस्था विगुटार विकास फाउण्डेसन, नेपालले ओखलढुंगा जिल्लामा ‘निःशुल्क बृहत स्वास्थ्य शिविर’ गर्ने भएको छ ।
चैत १ र २ गते सिद्धिचरण नगरपालिका वडा नम्वर ७, विगुटार स्वास्थ्य चौकीमा उक्त ‘निःशुल्क बृहत स्वास्थ्य शिविर’ को आयोजना गर्न लागेको हो ।
शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा विविध सामाजिक कार्यहरु गर्दै आएको विगुटार विकास फाउण्डेसन, नेपालले ‘स्वास्थ्य नै धन हो’ भन्ने मुल नारालाई मध्यनजर गर्दै नेपाल मेडिकल कलेज (हस्पिटल) संगको सहकार्यमा काठमाडौँमा कार्यरत अनुभवी तथा वरिष्ठ विशेषज्ञ चिकित्सकहरुबाट विभिन्न रोगको परिक्षण गराइने सचिव नेत्र दाहालले बताए ।
आखारोग, स्त्रीरोग, मृगौलारोग, दात, जनरल सेवा, मधुमेह जाँच, ब्लडप्रेसर जाँच लगायत विभिन्न रोगको निःशुल् जाँच गरिनेछ । पाठेघरको विशेष परीक्षण तथा शल्यक्रिया गर्नु पर्ने विरामीको निःशुल्क शल्यक्रियाको व्यबस्था मिलाईने सचिव दाहाल भन्छन् ।
बिहान ८ बजेदेखी बेलुका ५ बजेसम्म चल्ने उक्त निःशुल्क बृहत स्वास्थ्य शिविरमा सिद्धिचरण नगरपालिका तथा आसपासका नगरपालिकाका नगरबासीहरुले लाभ लिन सक्ने अध्यक्ष गिरी राज दाहालले बताए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।