शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

पाल्पा पहिरो अपडेट :पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको सनाखत


  • मंगलबार, असार ९ २०७७
15.4K
SHARES

पाल्पाको तानसेन नगरपालिका–११ बन्दीपोखरास्थित सम्मोबारीमा गएको पहिरोमा पुरिएर मृत्यु भएका तीनै जनाको सनाखत भएको छ।

सोमबार गएको पहिरोले गाडी पुरिएका थिए। गाडीमा रहेका तीन जनाको मृत्यु भएको थियो।

मृत्यु हुनेहरुमा पाल्पाकै रिब्दीकोट गाउँपालिका–२, देउरालीका ३२ वर्षीय भुवन खाम्चा, चितवनको भरतपुर महानगरपालिका–२९, बाङ्गेसालका ३३ वर्षीय बीरबहादुर गुरुङ र काभ्रेको पाँचखाल नगरपालिका–८, हुस्केबजारका २८ वर्षीय निवेश श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

सोमबार साँझ पहिरो जाँदा पानी बोक्ने ट्यांकर पुरिएको थियो। त्यसमा रहेका तीन जना पनि पुरिएका थिए।

सुरक्षाकर्मी र स्थानीय वासिन्दाले पहिरो पन्छाएर उद्धार गरेको थियो। ट्राफिक प्रहरी प्रमुख पृथ्वीनारायण काफ्लेका अनुसार, पहिराले गाडी पुरिदा दुई जनाको घटनास्थलम र एक जनाको उपचारका क्रममा मिसन अस्पतालमा मृत्यु भएको हो। उनीहरुका आज बिहान पहिचान खुलेको उनले बताए।

सम्मोबारीमा झण्डै दुई सय मिटर पहिरो खसेको छ। सडकमा रोकिएको ट्रक, पानी ट्याङकर, जीप र कार पहिरोमा पुरिएका थिए।

ट्राफिक प्रहरीका अनुसार लु १ क १९२८ नम्बरको पानी बोक्ने ट्याङ्कर, लु २ ख १३७६ नम्वरको ट्रक, लु १ च ७०४३ नम्वरको बलेरो, लु १ च ७०११ नम्वरको निजी कार पुरिएका हुन्। सरसामानले भरिएको ट्रक अहिले पनि भीरमै रहेको छ।

पानी ट्यांकर तल पुगेको छ भने बलेरो सकड छेउमै रहेको छ। कार सडकमै पुरिएको छ।

त्यस्तै, लु २ च ७०४३ नम्बरको कार र लु १ च ७०११ नम्बरको कुखुरा बोक्ने गाडी सडक छेउमै पुरिएका छन्। तर, कार र खुकुार बोक्ने गाडीमा रहेका मानिस जोगिएका छन्।

प्रहरीले पहिरो पन्छाएको छ भने मंगलबार विहानदेखि एकतर्फी रुपमा सडक सञ्चालन भएको ट्राफिक प्रहरी प्रमुख काफ्लेले बताए।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा