काठमाडौँ–काठमाडौँ महानगरपालिका वडा नम्वर ७, सिफलमा रहेको जिपी कोइराला मेमोरियल सामुदायिक कलेजले अनलाइन कक्षा सुरु गरेको छ ।
बैशाखदेखि स्नाकोत्तर तथा जेष्ठबाट स्नातक तहका विद्यार्थीहरुको अनलाइन कक्षा सुरु गरिएको कलेज प्रशासनले जनाएको छ ।
स्नाकोत्तरतर्फ ब्यबस्थापन, शिक्षा र स्नातक तहतर्फ ब्यबस्थापन, मानविकी र शिक्षाशास्त्र विषयको अनलाइन कक्षा भइरहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) का कारण विद्यार्थीहरुको सिकाइमा असर नपुगोस् भन्नका लागि अनलाइन कक्षा सञ्चालन गरिएको निमित्त क्याम्पस प्रमुख मोहन राज राईले बताउनु भयो । अनलाइन कक्षालाई बिहान र बेलुका गरि दुई सिफ्टमा सञ्चालन गरिएको क्याम्पस प्रमुख राई भन्नुहुन्छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।