शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

प्याब्सकले गुरुङको सम्झनामा मनायो ‘प्रथम स्मिृति दिवस’ (फोटोफिचर)


  • शुक्रबार, जेष्ठ ३० २०७७
27.9K
SHARES

३० जेठ, काठमाडौँ ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौँ (प्याब्सक) ले पूर्व अध्यक्ष, कान्तिपुर एकेडेमी हाई स्कूलका संस्थापक प्रिन्सिपल तथा वरिष्ठ शिक्षासेवी स्वर्गिय बाल कुमार गुरुङको सम्झनामा ‘प्रथम स्मृति दिवस’ मनाएको छ ।


जेठ ३० गते (आज) कान्तिपुर एकेडेमीको प्रांगण बौद्ध, पिपलबोटमा एक कार्यक्रमको आयोजना गर्दै प्रथम स्मिृति दिवस मनाएको हो ।


प्याब्सकका अध्यक्ष गेन्द्र लामाको सभापतित्व तथा एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाको प्रमुख आतिथ्यतामा गरिएको उक्त स्मृति दिवस कार्यक्रममा एन प्याब्सनका प्रमुख सल्लाहकार कर्ण बहादुर शाही, एन प्याब्सनका उप–महासचिव पारसमणि दाहाल, एन प्याब्सन काठमाडौँका निवर्तमान अध्यक्ष विष्णु पराजुली, कान्तिपुर एकेडेमीकी प्रिन्सिपल एवं स्वं. गुरुङको श्रीमती लक्ष्मि गुरुङ, प्याब्सक पदाधिकारी, विभिन्न स्कूलका प्रिन्सिपल लगायतको उपस्थिति रहेको थियो ।


कार्यक्रममा स्वं. गुरुङको सम्झनामा १ मिनेटसम्म मौन धारण गरि तस्विरमा माल्यार्पण तथा दीप प्रज्वलन गर्दै सम्झना गरिएको थियो ।

स्वंर्गिय गुरुङको सम्झनामा आफ्नो मन्तव्य राख्दै वक्ताहरुले शिक्षा तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानलाई कहिल्यै भुल्न नसकिने बताएका थिए ।


स्मृति दिवस कार्यक्रम बिहान ८ बजेदेखि ११ बजेसम्म चलेको थियो ।

 


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा