काठमाडौं-राष्ट्रिय निजी तथा आवासी विद्यालय एसोसिएसन नेपाल (एन प्याब्सन) काठमाडौँले अनलाइन आइसिटी तालिम दिने भएको छ ।
जेठ २२ देखि २७ गतेसम्म संस्थामा आबद्ध विद्यालयका शिक्षकहरुलाई अनलाइन आइसिटी तालिम दिन लागिएको जनाइएको छ ।
नोबेल भाइरस (कोभिड १९) का कारण देशका सम्पूर्ण शैक्षिक संस्थाहरु चैत्र ७ गतेदेखि बन्द छन् । बैशाखको पहिलो हप्ताबाट सुरु हुनु पर्ने शैक्षिक सत्र लक डाउनको कारणले सुरु हुन सकेको छैन । शिक्षा, विज्ञान तथा प्रविधी मन्त्रालयले २०७७ जेठ १८ गते प्रेस विज्ञप्ती मार्फत देशभरका विद्यालयहरुलाई बैकल्पिक प्रणालीबाट पठनपाठन गराउन आग्रह गरिएको छ । सोही अनुरुप शिक्षकहरुलाई अनलाइन पठनपाठन गराउन सहयोगार्थ उक्त तालिम दिन लागिएको एन प्याब्सन काठमाडौँका प्रचार विभाग प्रमुख राजन श्रेष्ठले बताए ।
विहान ११ बजेबाट सुरु हुने उक्त तालिममा प्रत्येक विद्यालयबाट बढीमा ५ जनाले सहभागिता जनाउन सहिने र जेठ २० गते भित्र रेजिष्ट्रेशन गरिसक्नु पर्ने आयोजकले बताएको छ ।
यस्तै बैशाख १७ गतेदेखि दैनिक रुपमा कक्षा १० मा अध्ययनरत एक सय भन्दा बढि विद्यार्थीहरुलाई सह–कोषाध्यक्ष विनय श्रेष्ठको संयोजनमा एन प्याब्सन काठमाडौँले निःशुल्क अनलाइन कक्षा सञ्चालन गरिरहेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।