शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

१०१ जना कोरोना संक्रमित थपिए


  • बुधबार, जेष्ठ १४ २०७७
19.3K
SHARES

मंगलबार एकैदिन १०१ जना कोरोना संक्रमित थपिएका छन्। यो अहिलेसम्मको सबभन्दा ठूलो वृद्धिदर हो।

यसअघि एकैदिन सर्वाधिक ८३ जना व्यक्तिमा संक्रमण देखिएको थियो। आज १०१ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७८३ पुगेको छ।

एक सातामै संक्रमितको संख्या दोब्बर भएको छ। गत मंगलबारसम्म संक्रमित संख्या ३९० थियो।

थपिएका १०१ संक्रमितमध्ये सात जना सोमबार साँझ थपिएका संक्रमित हुन्। त्यसको औपचारिक जानकारी मन्त्रालयले आज गराएको हो।

आज थपिएका संक्रमितहरूमा कपिलवस्तुका २६, रौतहटका २२, सुर्खेतका १२, सप्तरीका ११, बाँकेका ८, सिरहाका ५, बाराका ३, महोत्तरी, जुम्ला, अर्घाखाँची, गुल्मी र स्याङ्जाका दुई-दुई जना छन्। साथै, धनुषा, रुपन्देही, कैलाली, अछामका एक-एक जना छन्।

अहिलेसम्म संक्रमणका कारण चार जनाको मृत्यु भएको छ भने १५५ जना निको भएका छन्।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा