शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

थप १२ जनामा कोरोना पुष्टि


  • मंगलबार, जेष्ठ १३ २०७७
16.7K
SHARES

फाइल तस्विर

१३ जेठ, काठमाडौं ।

सुर्खेतमा थप १२ जनामा कोरोना पुष्टि भएको छ । मंगलबार बिहान सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एक महिलासहित ८ जना,  भेरीगंगा नगरपालिका र सिम्ता गाउँपालिकामा दुई/दुईजना पुरुषमा कोरोना पुष्टि भएको हो ।

वीरेन्द्ररनगर नगरपालिका-१ मा १६ वर्षीय किशोर, वडानम्बर २ मा ३२ वर्षीय महिला र ९ वर्षीय बालकसहित २०, ३२ र ३६ वर्षका पुरुष,  वडानम्बर ३ मा ४६ वर्षका पुरुष र वडानम्बर ६ मा २६ वर्षका युवकमा कोरोना पुष्टि भएको छ ।

यस्तै पूर्वी सुर्खेतको  भेरीगंगा नगरपालिका-८ मा १६ र १७ वर्षीय दुईजना पुरुष र सिम्ता गाउँपालिका-४ मा ३५ र ४९ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

योसँगै सुर्खेतमा संक्रमितको संक्रमितको संख्या १५ पुगेको छ भने कर्णाली प्रदेशमा २३ पुगेको मन्त्रालयले जनाएको छ ।

नयाँ पुष्टि भएका सबै संक्रमित भारतबाट आएका हुन् । उनीहरुलाई कर्णाली  प्रदेश अस्पताल सुर्खेतको आइसोलेसनमा लैजाने तयारी गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा