हिजोसम्म समाजका लागि केही गरे जस्तो लाग्थ्यो तर हैन रैछ । समाजका लागि त समाजमै रहेका पूरातनवादी सोचका मान्छे, समाजका शोषकले नै बढी सेवा गरेका रहेछन, जस्ले रक्सी बेचेर, तास र जुवा खेलाएर गाँउको पैसा लुटेर तराइमा जमिन किनेर महल ठड्याएर अनि त्यहीँ गवार तराइ आउदा फ्रीजको चिसो पानी र पहाड जान बस पार्क सम्म पुगाइ दिएका छन त्यस पछि त्यै गवार गाँउमा गएर ठुलो गुण गान गाउछ र भन्छ आहा फलासनलेत मु घरलाई पुगन्जेइ खुबै स्वागत गर्याेला मुल्यौ फ्रीजको ठन्न पानी पै ख्वायो।
गरीब जनताको रगत र पसिना चुृसेर मोटाएकाहरू गाउकी राजमतीको एक दाना नारीवलको लोभमा अस्मिता लुटेका छन, र आफ्नै घर पनि वेश्यालय बनाएका छन जहा रक्सी, दारूको भड्डी चलाएका छन र गाउका बुढा देखि बाला जवान सम्म एक पटक त्यता नपुगी धीत मरेका ठान्दैन अनि सय रूपैयाको दारूमा १००० नोट मुस्कानमा उडाएर आउछन र घरमा नुन बिनाको दाल खादै अझ श्रीमतीलाई गाली दिन्छन् दाल मिठो बनाइनस भनेर । गाउँको माने गरीबको लैनो भैसी बर्ष दिनको कबोली उधारो भाकामा लगेर साने गरीबसंग नगद पैसा नहुदा सयकडा २५ को ब्याज दरले त्यहीँ भैसी बेचेर मालिक तपाइको जयहोस मेरो भैसी बेचिदिनु भयो मानेले र म गरीबलाई पैसा नभएको बेला ब्याजमा दिनु भयो सानेले भन्ने बनाए तर भैसी एउटाको किन्ने एउटाले ब्याज खाने मालिकले,गाउँलेलाई गुण लगाएकै छन् भनेर मानि रहेछन् नेता अनि भोट दिन्छन् किनकी उसले त भैसी किनी दिएको छ ब्याजमा पैसा दिएको छ र भैसी बेचाइ दिएको पनि छ । किनी दिए वाफत एक माना घ्यू र बेची दिए बाफत एक हजार पैसा पनि लिएको छ, जागीरका लागि ६० हजार पैसाका बिटो घुस खाएर एक बर्षको लागि गाँउको तेह्र कक्षा पास गरेको कुमलेलाई महिनाको पाँच हजारको घर पाइक जागिर जिल्लाको हाकिमलाई फोन गरेर लगाइ दिएको छ ।
आफ्ना आफन्त नता गोता इष्ट मित्रलाई जागिर लगाइ सके पछि पल्लो गाँउको रामेलाई यसपछि जे जागिर आए पनि तलाई चिप्काइ दिन्छु यसो पचास साट हजार रिन सिन खोजी राख हाकिम मिलाउनु पर्छ जागिर त म लागाइ दिन्छु भनेर आश्वासन दिएको छ । मैले के गरे? पढ, हे युवा पढे पछि राम्रो हुन्छ, नेताको पछि नलाग भन्दा रामे र नेता मिलेर, मलाइ नेताको पछि लाग्ने भन्छस? मेरा कार्यकर्ता भडकाउछस ? भनेर मलाई त झन्डै गाँउ निकाला गरेन । एउटा गरीबलाई त्यो जागिर दिऊ घुस नखाँऊ दाइ, गरीबले बालबच्चा पालोस भन्दा झन्नै कुमलेले र नेताले कुटेको मलाई मेरो जागिर खोस्ने भनेर । अनी मैले के गरे समाजलाई ? समाजका लागि ? एक हुल मानिस जम्मा हुन्छन रक्सी खान्छन खुवाउछन तास खेल्छन खेलाउछन राति गाउँमा हो(हल्ला, खेला बैला गर्छन, अनि भन्छन मेरो त दाउनै लागेन यार आज श्रीमती सुनको औठी हार्दा समेत । बिहान हुन्छ, श्रीमती उठछिन, भाकारो सोहर्छिन चिया नास्ता बनाएर खाएर सुनको औठी लगाउन खोज्छिन भेटिदैन, अनि बुढा मेलै औठी यतै राख्या थे हिजो छैन भन्न नपाउदै नेता ढोका पुगेर कराउदै आज ८ बजे सम्मको डीक है फेरी फच्चे होला औठी भन्दै हिड्यो। श्रीमती रूदै, एउटा सुनको रूपमा तै बाबाले बिहेमा दिएको औंठी थियो त्यै पनि हारेछ मुर्दाले भन्दै झगडा हुन थाल्यो । तथानाम गाली गरिन, झापड हान्दै भन्न थाल्यो म त फलानो त जहाँ जान्छेस जा भनेर बर्बराउन थाल्यो, गला भरिकोे थप्पडको डाम सुम्सुम्याउदै भित्रबाट पोको बानेर तैंइ बस तेरो घरमा भनेर रूदै माइत भागिन। मैले सम्झाउन खाजे मानेन र भन्छन म जे गरू त लाई के मतलब ? मेरो पर्सनल कुरामा इन्तरफेर नगर भन्छ, खाए त मेरै पेसाको खाए तेरो बाउको के खाँए,? हारे त मेरै पैसा हारे ,त कमाएर दिने हैन ।
समाजका लागि त समाजमै रहेका पूरातनवादी सोचका मान्छे, समाजका शोषकले नै बढी सेवा गरेका रहेछन त रक्सी पिलाए तास खेलाए अनि घरबार भाडे अनि त्यैऔठी डिक बन्दक निखन्न तमसुक लेखेर औठी फिर्ता पाउछ र खुसीहुदै ठुलो गुण लाउनु भो भन्छ अनि आधा बाटो पुगेकी श्रीमती फर्काएर ल्याउछ र त्यै रीन तिर्न त्यै साहुको पैसा रीन लिएर विदेश जान्छ र गाँउमा श्रीमती पोइल जान्छे।
समाजका लागि त समाजमै रहेका पूरातनवादी सोचका मान्छे, समाजका शोषक, दले, हिजोका ठुला ठालाले नै बढी सेवा गरेका रहेछन त? मैले त के गरे ? बिहान उठे यो गर्नुुु हुन्न त्यो गर्नु हुन्न भने, ज्ञानकुरा भने, माओवाद, लेलिनवादको कुरा गरे, भस्टाचार विरूद्धको कुरा गर्दै हिडे, समाज परिवर्तनका कुरा गरे, गाउले बोल्दैै पनि एक दुइ शब्द नेपाली र अंग्रेजी मिसाए, पुरानै भएनि धोएर इस्तिरी लगाएर लुगा लगाए, गाउका केही यूवालाई दमन, अन्याय, अत्याचार, भष्टाचार, कुसस्कार र कुरीतिका विरूद्ध लडनु पर्छ, गाँउमा बाटो घाटो, पुल पुलेसा, पानी,बिजुलीको विकास र विस्तार गर्दा समान ढंगले गर्नु पर्छ, एक घर एक रोजगारीको व्यवस्था हुनु पर्छ, विद्यालयको गुणस्तर सुधार हुनु पर्छ , महिला हिंसाको अन्त्य गरी समुन्नत र सभ्य समाजको निर्माण गरिनु पर्छ, चेलीबेटी बेचविखन हत्या र बलत्कारमा समलग्नलाई कडा कारबाही हुनु पर्छ, सडक संन्जालको विस्तार सबै तिर हुनु पर्छ।गाँउ शिक्षा नीति समयअनुसार परिवर्तन गरी अहिलेको नयाँ परीवेशअनुसार हाम्रा गाँउका बालवालिका विश्व बजारमा प्रतिस्पर्दा गर्न सक्ने बनाउनु पर्छ, स्थानीय स्रोत साधनको प्रयोग गरी गाँउमै उद्योग धन्दा खोलिनु पर्छ, रक्सी , तास र जुवा बन्द गरिनु पर्छ, पूरातनवादी सोचका मान्छे, समाजका शोषक, दले, हिजोका ठुला ठालाहरू थिचो मिचो सहनु हुन्न भनेर हिडदै गर्दा त्यै समाजले मलाई के भन्यो था छ ? घमण्डी, अनि बडो आयो जान्ने त्यो हामीलाई सिकाउछ।
नमाइ शहर के बस्या थो अमेरीका पुगे जस्तै गर्छ भन्छन अनि अब भन्नुस मैले के गरे समाजका लागि? जहा जे मानी कमिसन, योजनामा कमिसन, सबै विकासे बजेटमा घुस, हप्तै पिच्छे बैठक र सभा सबै भत्ता पचाउने मात्र , पढ्यो लेख्यो डिग्री गरेर त्यै एघार कक्षा फेल नेतासंग अन्तरवार्ता दिनु पर्छ , हिजो आज त उ जहा जे मानी कमिसन, योजनामा कमिसन, सबै विकासे बजेटमा घुस, हप्तै पिच्छे बैठक र सभा सबै भत्ता पचाउने मात्र , पढ्यो लेख्यो डिग्री गरेर त्यै एघार कक्षा फेल नेतासंग अन्तरवार्ता दिनु पर्छ , हिजो आज त उसकोमा ठुलो भिड छ। भेटन खोज्दा श्रीमती जीलाई फुर्सद छैन भन्दे भन्छ भित्रबाट । ऊ त अहिले राजा बनेको छ, सिहदरबार गाँउ गाँउ हैन छोटे राजाहरू गाँउ गाँउ गएछन ।
(लेखकः मोहन सिंह ऐर शिक्षासेवी हुन् ।)