भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले भारतबाट नेपाल आउन खोजेका नेपाली नागरिकलाई दुर्व्यवहार गर्दै नेपाल प्रहरीका जवान र इन्सपेक्टरमाथि समेत हातपात गरेका छन् । साे घटनाकाे रिपोर्टिङ गर्ने क्रममा भारतीय एसएसबीले पत्रकारलाई पनि दुर्व्यवहार गरेको छ ।
दार्चुलाका पत्रकार किरण धामीका अनुसार रिपोर्टिङका लागि नेपाल-भारत सीमा क्षेत्र पुगेका सञ्चारकर्मीमाथि भारतीय सुरक्षाकर्मी एसएसबीले दुर्व्यवहार गर्नुका साथै क्यामेरा खाेसेका छन् । रिपाेर्टिङका लागि तिगरम गाउँपालिकामा रहेकाे झोलुङ्गे पुलमा पुगेका पत्रकार किरण धामीको क्यामेरा खाेसेकाे हाे । धामी न्युज २४ मा कार्यरत टिभी पत्रकार हुन् ।
दर्चुलाका प्रहरीका अनुसार त्यहाँ नेपाल प्रहरीसमेत भारतीय सुरक्षकर्मीबाट कु’टिएका छन् । ‘त्यहाँ हाम्रो सुरक्षकर्मी पनि खटिएका छन्, हाम्रो इन्सपेक्टरलाई समेत कुटिएको छ,’ जाेशीले भने ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।