शनिबार, साउन ३० २०८३
ताजा अपडेट

सरकारले गरेको लकडाउन दुई महिना पुग्यो, उपत्यका प्रवेशमा कडाइ गर्न गृहमन्त्रालयको निर्देशन


  • शुक्रबार, जेष्ठ ९ २०७७
27.9K
SHARES

काठमाडौं

कोरोना संक्रमण देखिएपछि सरकारले जारी गरेको लकडाउन दुई महिना पुगेको छ ।

गत वर्ष चीनको वुहानबाट सुरु भएको कोरोनाको संक्रमण बढ्न थालेपछि सरकारले गत चैत ११ गतेदेखि लकडाउन जारी गरेको थियो ।

पछिल्लो पटक लकडाउनलाई जेठ २० गतेसम्म लम्ब्याइएको छ ।

सुरुमा एक साताका लागि गरिएको लकडाउन दोस्रो पटक पुनः एक साता थप गरी चैत २५ गतेसम्म पुर्‍याइएको थियो ।

त्यसलाई निरन्तरता दिँदै तेस्रो पटक वैशाख ३ गतेसम्म लकडाउन लम्बिएको थियो ।

त्यसपछि पनि १२ दिन लकडाउनको अवधि थप गरी वैशाख १५ गतेसम्म र पुनः १० दिन थप गर्दै वैशाख २५ गतेसम्म लकडाउन गरियो ।

छैटौं पटक जेठ ५ गतेसम्मका लागि लकडाउनको समयावधी लम्ब्याइएको हो ।

पछिल्लो पटक लकडाउनको अवधि थप गर्दा काठमाडौं उपत्यका भित्र टाइमकार्ड लागू गरी लकडाउनलाई केही खुकुलो बनाएको थियो ।

तर कोरोना भाइरस संक्रमितको संख्या एकाएक बढ्न थालेपछि सरकारले फेरि लकडाउनलाई कडाई गरेको थियो ।

लकडाउनकै कारण मुलुकका विभिन्न स्थानमा अड्किएका आफ्ना नागरिकलाई उद्धार गरेर विभिन्न देशले चार्टड विमानमार्फत स्वदेश फिर्ता लगेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा