शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

चिनियाँ व्यवसायीको सहयोगमा बागमती प्रदेशका संचारकर्मीहरुलाई मास्क र स्यानिटाइजर वितरण गरियो


  • आइतबार, बैशाख २१ २०७७
20.7K
SHARES

काठमाडौँ ।
नेपाल प्रवासी चिनियाँ ब्यापार संघको सहयोगमा बाग्मती प्रदेशका ३ सय सञ्चारकर्मीलाई मास्क तथा स्यानिटाइजर वितरण गरिएको छ ।

सिन्ह्वा न्यूज एजेन्सीको समन्वयमा बाग्मती प्रदेशका सञ्चारकर्मीहरुलाई १५ हजार थान मास्क र ३२० थान स्यानिटाइजर वितरण गरिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बागमती प्रदेश प्रचार तथा प्रकाशन विभागका सचिव ध्रुवप्रसाद घिमिरेले बताए ।

नेकपा बागमती प्रदेशका अध्यक्ष नारायण दाहाल मार्फत काठमाडौंमा उपलब्ध विभिन्न जिल्लाका पार्टी ईन्चार्ज तथा केन्द्रिय सदस्यहरुलाई जिल्लामा क्रियाशील संचारकर्मीको संख्याको आधारमा ७ सय थानदेखि २ हजार थानसम्म हस्तान्तरण गरिएको थियो ।

 

काठमाडौंमा केन्द्रिय सदस्य हिमाल शर्मा मार्फत बबरमहलमा कार्यक्रम गरी अगुवा पत्रकारहरुलाई मास्क तथा स्यानिटाइजर वितरण गरियो भने काभ्रे र भक्तपुरमा सचिव घिमिरेको अगुवाईमा विभागका सदस्यहरु ग्याल्जो लामा र आनन्द पुन सहितको सहभागीतामा प्रेस संगठनका उपलब्ध केन्द्रिय सदस्य सहित क्रियाशील संचारकर्मीहरुलाई हस्तान्तरण गरिएको थियो ।

 

मास्क तथा स्यानिटाइजर वितरणपछि काभ्रे र भक्तपुरमा अगुवा संचारकर्मीहरुसँग पत्रकारको अवस्था, स्थानीय राजनीतिक दल तथा जनप्रतिनिधिहरुले गर्ने संचारकर्मीहरुप्रति गर्ने व्यवहार र पार्टीले स्थानीय संचारकर्मी तथा संचारमाध्यमलाई गर्नुपर्ने सहयोग र समन्वयको बारेमा समेत छलफल गरिएको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा