काठमाडौं ।
सरकारले काठमाडौँस्थित मस्जिदमा रहेका सबैको कोरोना भाइरस (कोभिड–१९) परीक्षण शुरु गरेको छ । उदयपुरको मस्जिदमा रहेका मानिसमा कोरोनाको सङ्क्रमण देखिएपछि काठमाडौंस्थित मस्जिदमा रहेका सबैको परीक्षण शुरु गरिएको स्वास्थ्य विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।
बिहीबारदेखि यहाँका मस्जिदमा रहेका मानिसको परीक्षण पोलिमरेज चेन रियाक्सन (पिसिआर) शुरु गरिएको जनाइएको छ । उनका अनुसार बिहीबार ७६ जनामा परीक्षण गरिएको र बाँकीको आज पनि भइरहेको छ । काठमाडौँमा दुई जना रहेको अनुमान गरिएको छ ।
उदयपुरको त्रियुगा नगरपालिकाको भुल्केस्थित मस्जिदमा २७ जनामा कोभिड संक्रमण देखिएको थियो । तीमध्ये तीन जना काठमाडौमा गएको देखिएको महानिर्देशक श्रेष्ठले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।