विश्वभर २२ हजार भन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको विश्वस्वास्थ्य संगठनले बताएको छ ।
डब्लुएचओका अनुसार अहिलेसम्म विश्वका ५२ देशमा २२ हजार ७३ स्वाथ्यकर्मीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
तर सबै देशबाट स्वास्थ्यकर्मीलाई भएको संक्रमणको यकिन जानकारी प्राप्त नभएकाले यो संख्या बढी हुन सक्ने डब्लुएचओले जनाएको छ ।
कोरोना भाइरसविरुद्धको विश्वव्यापी अभियानमा अग्रपंक्तिमा रहेर स्वास्थ्यकर्मीले अहम भूमिका निर्वाह गरिरहेको भन्दै डब्लुएचओले उनीहरुको प्रशंसा पनि गरेको छ ।
स्वास्थ्यकर्मीमा संक्रमण नहोस् भन्नका लागि अधिक सावधानी अपनाउन डब्लुएचओले आग्रह गरेको छ ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।