शुक्रबार, असोज ९ २०८३
ताजा अपडेट

भारतमा दुई हप्ता लकडाउन थप गर्ने तयारी


  • आइतबार, चैत्र ३० २०७६
18.4K
SHARES

तस्विरः फाइल

कोरोना भाइरस (कोभिड-१९) बाट ज्‍यान गुमाउनेको संख्या बढ्दै गएपछि भारत सरकारले लक डाउन अवधि दुई हप्ता थप्ने तयारी गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले शनिबार मुख्‍यमन्त्रीहरुसँगको करीब ४ घण्टा बसेको बैठकमा लक डाउन बढाउने तयारी गरेको दिल्लीका मुख्‍यमन्त्री अरविन्द केजरीवालले ट्विटर मार्फत जानकारी दिएका छन् ।

उनले ट्विटरमा लेखेका छन्, ‘ प्रधानमन्त्रीले लक डाउन बढाउने सही निर्णय लिनु भएको छ।’ तर लक डाउनको घोषणा हुन भने बाँकी छ ।मुख्यमन्त्री केजरीवालले सञ्‍चारमाध्‍यमसँग भने लकडाउनबारे प्रधानमन्त्री मोदी स्वयमले घोषणा गर्ने बताएको भारतीय सञ्‍चार माध्‍यमले जनाएका छन् ।

यता, कोरोनाको संक्रमित बढ्दै गएपछि भारतका विभिन्‍न राज्‍यका सरकारले लकडाउन बढाउने निर्णय गर्ने तयारीमा छन्। पञ्जाबमा कांग्रेस सरकार तथा ओडिसा सरकारले ३० अप्रिलसँग लक डाउन बढाउने निर्णय गरिसकेका छन्। बाँकी राज्‍यले पनि मोदीलाई कमसे कम दुई हप्ता लकडाउन बढाउन सुझाव दिएका छन् ।

यता, प्रधानमन्त्री मोदीले शनिबार विभिन्‍न राज्‍यका मुख्यमन्त्रीहरुसँगको भिडियो कन्फरेन्समा २१ दिनपछि तेस्रो बैठक बसेर छलफल गरेका छन् । बैठकमा मोदीले लगाएको आफ्नो गमछालाई नै मास्क बनाएका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा