शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

बूनपा–१३ बासिलाई निःशुल्क सेनिटाइजर र मास्क वितरण


  • शुक्रबार, चैत्र २८ २०७६
16.2K
SHARES

काठमाडौँ ।
गिरिजा प्रसाद कोइराला फाउण्डेसन काठमाडौं क्षेत्र नम्वर ४ (ख) कमिटी र कम्युनिटी केयर नेपालले संयुक्त रुपमा बूढानीलकण्ठ नगरपालिका (बुनपा) वडा नम्वर १३ का स्थानिय बासिन्दाहरुलाई निःशुल्क रुपमा सेनिटाइजर र मास्क वितरण गरेको छ ।


चैत्र २७ गते वडा नम्वर १३ स्थित कौडोल, सापाटार र टुसाल(खोला पारी) का प्रत्येक घरका व्यक्तिहरुलाई कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि निःशुल्क सेनिटाइजर र मास्क वितरण गरिएको अध्यक्ष विजेन्द्र श्रेष्ठले बताए ।


उक्त वितरण कार्यक्रममा गिरिजा प्रसाद कोइराला फाउण्डेसन काठमाडौं क्षेत्र नम्वर ४ (ख) तथा कम्युनिटी केयर नेपाल अध्यक्ष बिजेन्द्र श्रेष्ठ, कम्युनिटी केयर नेपालको सचिव शम्भु कार्की, नेपाली काँग्रेस बू न पा १३ का ईकाई सभापती महेन्द्र श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा