आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

बुढानिलकण्ठ नगरप्याब्सनद्वारा २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग !


  • बुधबार, चैत्र २६ २०७६
17.4K
SHARES

काठमाडौँ, चैत्र २६ ।

निजी तथा आवासीय विद्यालयहरुको संगठन प्याब्सन बुढानिलकण्ठ नगर कार्यसमितिले बुढानिलकण्ठ नगरपालिकाको विपद् व्यवस्थापन कोषलाई एकमुष्ठ रकम रु २ लाख ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ ।

केन्द्रिय प्याब्सनको उपाध्यक्ष कृष्णप्रसाद अधिकारीको साथमा नगरप्याब्सनका अध्यक्ष खेमराज घिमिरे एवम् कार्यसमितिका सदस्यहरुको टोलीले बुढानिलकण्ठ नगरपालिकाको कार्यलयमा पुगी नगर प्रमुख उद्दव खरेलालाई सो रकम बराबरको चेक हस्तान्तरण गर्यो ।

चेक हस्तानतरण गर्दै अध्यक्ष खेमराज घिमिरेले यस नगरपालिकाको एउटा जिम्मेवार शैक्षिक संगठन हुनुको नाताले सामाजिक उत्तरदायित्व वहन गर्दै दुःखमा सम्पूर्ण नगरवासीहरुको साथमा प्याब्सन सधैँ रहेको सन्देश दिन पनि सहयोग गरेको बताए । भविष्यमा पनि आवश्यक पर्दा प्याब्सनले आफ्नो बलबुतोले भ्याससम्म तन, मन र धनले नगरपालीका र नगरवासीहरुको सहयोग गर्ने उनले उद्घोष गरे ।

त्यस्तै केन्द्रिय प्याब्सनका उपाध्यक्ष कृष्णप्रसाद अधिकारीले भने देशमा दुःख पर्दा प्याब्सन सधैँ अगाडि सरेर देशैभरि महत्वपूर्ण भूमिका खेलेको छ । अहिले फेरि अर्काे कोरोनाको दुःख थपिएको छ । यो सँग लड्न यतिखेर देशभर प्याब्सन लागिरहेको सन्दर्भमा बुढानिलकण्ठ नगरप्याब्सनले पनि महत्वपूर्ण सहयोग गरेको बताए । प्याब्सन नगरपालिकासँग हातेमाले गर्दै सदैव अघि बढ्न तयार रहेको पनि उनले बताए ।

यतिखेर नेपाल कोरोना भाइरसको आक्रमणबाट जोगिन लकडाउनमा छ । यसले सबै क्षेत्रलाई आक्रान्त बनाएको छ । त्यसको असर बुढानिलकण्ठ नगरपालिकाले पनि उत्तिकै रुपमा झेलिरहेको छ । खासगरी दैनिक ज्यालादारी काम गरेर आफ्नो गुजारा चलाईरहेका मजदुरहरुलाई यसले विशेष असर पुर्याएको छ ।

अतः विभिन्न माध्यमबाट प्राप्त भएको सहयोग रकमलाई नगरपालिकाले यथासक्दो चाँडो आवश्यक व्यक्तिहरुको लागि पारदर्शीै रुपमा राहत वितरण गर्ने अपेक्षा गरिएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा