शनिबार, साउन ९ २०८३
ताजा अपडेट

कक्षा ११ र १२ को परीक्षा स्थगित !


  • मंगलबार, चैत्र २५ २०७६
14.3K
SHARES

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र १२ को वार्षिक परीक्षा स्थगित गरेको छ ।

परीक्षा बोर्डले आज सो निर्णय गरेको हो । कक्षा १२ को परीक्षा आगामी वैशाख ८ गतेबाट र कक्षा ११ को परीक्षा वैशाख २१ गतेबाट सञ्चालन गर्नेगरी परीक्षा तालिका गत माघ ७ गते सार्वजनिक गरिएको थियो । यसअघि प्रवेशिका (एसईई) परीक्षा स्थगित भइसकेको छ ।

बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले यस्तो स्थितिमा परीक्षा सञ्चालन गर्न सम्भव नभएकाले स्थगित गर्नुपरेको जानकारी दिए । “अर्को सूचना सार्वजनिक नहुँदासम्मको लागि परीक्षा स्थगित गरिएको छ” उनले भने “अवस्था सामान्य भइसकेपछि नयाँ सूचना सार्वजनिक हुनेछ ।”


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा