२५ चैत्र, काठमाडौँ ।
काठमाडौँको बूढानीलकण्ठ नगरपालिका (बूनपा) ले कोरोना भाइरस रोकथाम तथा राहत व्यवस्थापनका लागि स्थापना गरेको विपद् प्रकोप व्यवस्थापन कोषमा रकम संकलन शुरु भएको छ ।
हालसम्म कोषमा ७ लाख ८७ हजार ५ सय ७७ रुपैयाँ उठेको जनाइएको छ ।

नगरपालिकालाई सहयोग गर्नेमा नेकपा बूढानीलकण्ठ नगर कमिटिले १ लाख ५१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम नगर कमिटी अध्यक्ष रविन अधिकारी तथा सचिव प्रदिप डंगोलले नगर प्रमुख उद्धब प्रसाद खरेललाई बुझेका थिए ।

यसै गरि नेपाली काँग्रेस बूढानीलकण्ठले पनि नगरलाई सहयोग गरेको छ । आज नेपाली कांग्रेस काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ ख का सभापती विनोद चालिसेको नेतृत्वमा नगरपालिकालाई ६२ हजार ५ सय रुपैयाँ सहयोग गरेको हो ।

सहयोगलाई हौसला प्रदान गर्दै नेकपा केन्द्रिय सदस्य तथा नेपाल सरकारका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले २० हजार रुपैयाँ नगद सहयोग गरेका छन् ।

यसैगरि बूढानीलकण्ठ निर्माण व्यवसायी संघले पनि नगरलाई सहयोग गरेको छ । संघका अध्यक्षको नेतृत्वमा आएको समूहले नगरलाई १ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।

निजि विद्यालयहरुको छाता संगठन एन प्याब्सन बूढानीलकण्ठ नगर कमिटीले १ लाख १ हजार रुपैयाँ राहत कोषमा जम्मा गरेको छ । सहयोग हस्तान्तरणमा कमिटीका अध्यक्ष नारायणबाबु तिम्सिना तथा एन प्याप्सनका केन्द्रिय निवर्तमान वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर अधिकारी लगायतको उपस्थिति थियो ।

हालसम्म नगरको राहतकोषमा सहयोग गर्नेहरुः
माता नवदुर्गा बहुउद्देश्य सहकारी संस्था ५५ हजार ५ सय ५५ रुपैयाँ, स्वं. पण्डित सिताराम लामिछाने प्रतिष्ठान २५ हजार ५ सय २५ रुपैयाँ, सांसद दिव्यमणि राज भण्डारी १ लाख रुपैयाँ, कपन बहुमुखी क्याम्पस ८९ हजार रुपैयाँ, ज्ञानमुखी टोल सुधार समिति १० हजार रुपैयाँ, गोकुल धिताल ५ हजार रुपैयाँ, ध्रुव कुमार श्रेष्ठ १० हजार रुपैयाँ जम्मा गरेका छन् ।

यसैगरी बाल ज्योती साकोस २५ हजार ५ सय २५ रुपैयाँ, कान्जिरोवा साकोस २१ हजार २५० रुपैयाँ रहेको छ ।









