शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा रहेका ७३ जनालाई घर पठाइयो


  • सोमबार, चैत्र २४ २०७६
15.2K
SHARES

भक्तपुर, चैत २४ ।

भक्तपुरको खरिपाटीस्थित ‘क्वारेन्टाइन’मा रहेका ७३ जनालाई सोमबार घर पठाइएको छ ।

कोरोना प्रभावित विभिन्न देशबाट आएका उनीहरुलाई १४ दिनअगाडि भक्तपुरस्थित विद्युत् प्राधिकरणको भवनमा क्वारेन्टाइनमा राखिएको थियो ।

यहाँ रहेका सबैको कोरोना परीक्षण ‘रिपोर्ट नेगेटिभ’ आएपछि उनीहरुलाई नेपाली सेना र जिल्ला सुरक्षा निकायको पहलमा घरसम्म पुर्‍याउने गरी सोमबार पठाइएको नेपाली सेना वीरदल गणका गणपति कर्णेल शिवप्रसाद पौडेलले जानकारी दिए ।

उनले खरिपाटीको क्वारेन्टाइनमा रहेका उपत्यकाभित्रका २६ सहित कुल ७३ जनालाई सोमबार घर फर्काइएको जानकारी दिए ।

घर फर्काउन नेपाली सेनाका दुई र सार्वजनिक यातायात दुई गरी चारओटा बसमा हालेर काठमाडौं, चितवन, झापा, बुटवल, नेपालगन्ज, मुग्लिङ, पोखरा, बनेपा र पाँचखाल पठाइएको कर्णेल पौडेलले बताए ।

उनीहरुलाई बसमा खानाका लागि खानेकुरासमेत पठाएको जानकारी उनले दिए । रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा