शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेपालमा कोरोना अपडेटः संक्रमित ९, आइसोलेसनमा ६९ जना


  • आइतबार, चैत्र २३ २०७६
14.6K
SHARES

फाइल तस्विर

काठमाडौं, चैत २३ ।
नेपालमा कोरोना संक्रमितको संख्या हालसम्म ९ पुगेको छ ।

शनिबार ३ जना थपिएसंगै संक्रमितको संख्या ९ पुगेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अहिलेसम्म एक हजार ५ सय २१ जना परीक्षण गरिएको र त्यसमध्ये ९ जनामा संक्रमण देखिएको जनाएको छ ।

एक जनालाई निको भएको छ । ६९ जना आइसोलेसनमा रहेका छन् । विदेशबाट आएका एक व्यक्तिबाट आफन्तलाई कोरोना भाइरसको संक्रमण पाइएसँगै संक्रमण दोस्रो चरणमा प्रवेश गरेको छ ।

कोरोना संक्रमित तीन जनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा, तीन जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा र दुई जनाको बाग्लुङ र भइरहेको छ । आठै जना संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा