शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

चैत महिनामा विदेशबाट आएका सबैको कोरोना परिक्षण गरिने


  • आइतबार, चैत्र २३ २०७६
13.1K
SHARES

काठमाडौं, चैत २३ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत लागेपछि विदेशबाट आकएका र कोरोना संक्रमित ब्यक्तिहरुको सम्पर्कमा आएका सवैको कोरोना परिक्षण गरिने बताएको छ ।

मन्त्रालयले नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसम्म १ हजार ५ सय २९ जनाको कोरोना परीक्षण गरिएको जानकारी दिंदै चैत लागेपछि विदेशबाट आएका सवै, कैलाली, कञ्चनपुर र बाग्लुङ्का कोरोना संक्रमितहरुका आफन्त तथा उनीहरुको सम्र्पकमा आएका सबैको परिक्षणका लागि टोली खटाएको जानकारी दिए ।

उनीहरुको आरडिटि प्रविधिबाट परिक्षण गर्ने र त्यसमा पोजिटिभ देखिए पुनः पिसिआर परीक्षण गरिने बताए ।

यस्तै खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको क्वारेन्टाइनमा बसेका ९४ जनामा कोरोना संक्रमण नदेखिएको भन्दै डा. देवकोटाले हाल देशभर १ सय १३ जना आइसोलेसन कक्षमा रहेको जानकारी दिए ।

एनएमबि गु्रपले हरेक प्रदेशमा १ सयका दरले पीपीई वितरण गर्न ७ सय पीपीई दिएको र नेपाल भारत मानव विकास मैत्री संघले समेत ३ सय पीपीई उपलव्ध गराएको उनले जानकारी दिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा