काठमाडौं, चैत २२ । अस्ट्रेलियन सरकारले विदेशबाट आएका विद्यार्थीलाई फर्कन आग्रह गरेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्यहाँ अध्ययनरत् नेपाली विद्यार्थीको वास्तविक अवस्था बुझ्न शिक्षासचिव महेशप्रसाद दाहाललाई निर्देशन दिएका छन् ।
उनले अस्ट्रेलियामा रहेका विद्यार्थीका बारेमा परराष्ट्र मन्त्रालय र अस्ट्रेलियामा रहेको नेपाली दूतावाससँग समन्वय गरी विद्यार्थीको यथार्थ जानकारी लिन शिक्षासचिव दाहाललाई निर्देशन दिएको मन्त्री पोखरेलका स्वकीयसचिव पुरन केसीले जानकारी दिए ।
अहिले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थीको संख्या ५८ हजार छ ।
कोरोनाभाइरसका कारण त्यहाँको सरकारले विदेशी विद्यार्थीलाई फिर्ता हुन आग्रह गरेको छ । रासस
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।