रौतहट ।
रौतहटको विभिन्न स्थानीय तहका क्वारेन्टाइनमा बसेका २ सय ८ जना मध्ये १३ जना शनिबार घर फिर्ता भएका छन्।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार जिल्लामा त्यसरी क्वारेन्टाइनमा बस्नेमध्ये १३ जना महिला सहित छन्।
नेपाल आएको १४ दिन पुगेको र कोरोना भाइरसको कुनै पनि लक्षण नदेखिएका उनीहरुलाई घर पठाइएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत शशि मोहन दासले जानकारी दिए । १३ जना मौलापुर, चन्द्रपुरलगायत क्वारेन्टाइनमा बसेका थिए। जिल्लामा निर्माण गरिएका २१ वटा क्वारेन्टाइनमा विदेशबाट फर्किएकालाई राखिएको छ।
कोविड–१९ संक्रमितको उपचारका लागि भनी जिल्लामा २५ वटा आइसोलेसन बेडसमेत बनाइएको रौतहटका सिडिओ वासुदेव घिमिरेलेले जानकारी दिए। जिल्लाका विभिन्न स्थानमा गरी ८ सय ३६ बेडको क्वारेन्टाइन बनाइएको छ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।