शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सबै किसिमका बिरामीको उपचार गर्न स्वास्थ्यमन्त्रीको निर्देशन


  • शनिबार, चैत्र २२ २०७६
11.5K
SHARES

काठमाडौं, चैत २१ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का पदाधिकारीलाई शुक्रबार मन्त्रालयमा आमन्त्रण गरी सबै किसिमका बिरामीको उपचारका कुनै कमी हुन नदिन निर्देशन दिए ।

मन्त्री ढकालले कोरोनाको उपचारको तयारीबारे जानकारी लिने क्रममा अन्य बिरामीको उपचारमा पनि कमी हुन नदिन न्याम्सका उपकुलपति डा. देवनारायण साहलगायतलाई निर्देशन दिए ।

उनको सचिवालयले जनाएको छ । मन्त्री ढकालले स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउन सरकारले कुनै कसर बाँकी नराखेको जानकारी दिँदै प्रोत्साहन भत्ता र बीमाको व्यवस्था भइसकेको बताए । उनले व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) अभाव हुन नदिने प्रतिबद्धतासमेत व्यक्त गरे ।

मन्त्री ढकाले अहिले नेपालको हकमा समुदायमा फैलावट नभएको स्थितिमा कोरोना भाइरसबाहेकका अन्य रोगका बिरामीले नियमित उपचार पाउन निर्देशन दिए ।

प्रतिष्ठानका पदाधिकारीले सरकारको निर्देशन पालना गर्ने जानकारी गराउँदै बिरामीलाई कुनै पनि किसिमको असुविधा हुन नदिने जनाएका थिए ।

वीर अस्पतालका कार्यकारी निर्देशक डा. केदारप्रसाद सेञ्चुरीले वीर अस्पतालले गरिरहेको तयारीका बारे जानकारी दिँदै आगामी सोमबारबाट कोरोनाको नमूना परीक्षणसमेत हुने बताए । रासस


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा