शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

कोरोनाका कारण विश्वभर ५९ हजार बढीको मृत्यु


  • शनिबार, चैत्र २२ २०७६
13.3K
SHARES

काठमाडौं । कोरोना भाइरसको संक्रमणले मृतकको संख्या बढ्दै गएपछि टर्कीले आफ्ना ३१ शहरका सीमा बन्द गरेको छ ।

कोरोनाको महामारी नियन्त्रण गर्ने भन्दै २० वर्ष भन्दा कम उमेरका सर्वसाधारणलाई आंशिक रुपमा कफ्र्यू नै लगाइएको समाचारमा जनाइएको छ ।

कोरोनाका कारण टर्कीमा अहिलेसम्म २० हजारभन्दा बढी संक्रमित भएका छन् भने मृत्यु हुनेको संख्या ४ सय २५ पुगेको समाचारमा जनाइएको छ ।

यसैबीच संयुक्त राष्ट्रसंघले कारोनाविरुद्धको विश्वव्यापी लडाइमा सबै देशलाई एकजुट हुन आह्वान गरेको छ ।

राष्ट्रसंघका प्रमुख एन्टोनियो गुटेरेसले युद्धरत राष्ट्रहरुलाई हतियार बिसाएर कोरोनाको महामरी नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न आग्रह गरेका छन् ।

यता कोरोनाका कारण विश्वव्यापी रुपमा ५९ हजार भन्दा बढीको मृत्यु भइसकेको छ । कोरोनाका कारण विश्वभर प्रभावित भएका एक करोड भन्दा बढी मानिसमध्ये दुई लाख १७ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् ।

अहिलेसम्म सबै भन्दा बढी इटालीमा १४ हजार ६ सय मानिसको मृत्यु भएको छ ।

त्यसैगरी स्पेनमा ११ हजारभन्दा बढीको मृत्यु भएको छ भने संयुक्त राज्य अमेरिकामा सात हजार तीन सयको मृत्यु भएको बताइएको छ ।

यसैबीच अमेरिकाको न्युयोर्कमा कोरोनाका संक्रमितहरुको संख्या बढ्दै गएपछि देशका अन्य राज्यहरुबाट उपचार सामग्रीको व्यवस्था गरिएको छ । (एजेन्सी)


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा