शनिबार, कार्तिक २२ २०८३
ताजा अपडेट

बीपी प्रतिष्ठानमा २४ जनाको कोरोना परीक्षण


  • शुक्रबार, चैत्र २१ २०७६
11.8K
SHARES

सुनसरी, चैत २१ ।

सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाभाइरस (कोभिड–१९)को परीक्षण सुरु भएसँगै २४ जना बिरामीको स्वाब परीक्षण गरिएको छ ।

प्रतिष्ठानमा कोरोना परीक्षणको प्रयोगशाला सुरु भएसँगै प्रदेश नम्बर–१ का विभिन्न जिल्लाबाट संकलन गरिएको कोरोना संक्रमणको नमुना परीक्षण गरिएको प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

नमुना परीक्षणबाट २४ जना बिरामीहरुको स्वाब ‘रिपोर्ट नेगेटिभ’ देखिएको उनले जानकारी दिए ।

उनकाअनुसार प्रतिष्ठानमा दैनिक १२ जनाको नमुना परीक्षण गरिने छ ।

परीक्षण गरिएको स्वाबको रिपोर्ट आउन १० देखि १२ घन्टासम्म लाग्ने डा. ऐरले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा