शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

महासंकटको बेला स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दो कृत्य, दोषी दण्डित हुनुपर्छ : गगन थापा


  • शुक्रबार, चैत्र २१ २०७६
12.5K
SHARES

तस्विरः फाइल

नेपाली कांग्रेसका सांसद गगन थापाले स्वास्थ्य सामग्री खरिद अनियमितताका बारेमा दोषी दण्डित हुनुपर्ने बताएका छन्। कोरोना महासंकटको बेला पनि स्वास्थ्य सामग्री खरिदमा घिनलाग्दोफ कृत्य भएकोले दोषी दण्डित नभएसम्म प्रश्न गर्न नछाड्न उनले आग्रह गरेका छन्।

‘महासंकटको अवस्थामा पनि यस्तो घिनलाग्दो कृत्य!,’ बिहीबार ट्वीट गर्दै थापाले भनेका छन्, ‘स्वास्थ्य सामाग्री खरिद अनियमितताका बारेमा वास्तविक दोषी दण्डित नहुन्जेल प्रश्न उठाउन नछाडौं‘

उनले अनियमितताका बारेमा दिन ढल्यो कुरा विर्सियो गर्न नहुने पनि बताएका छन्। ‘दिन ढल्यो, कुरा विर्सियो हुन हामी कदापि दिने छैनौं,’ उनले भनेका छन्। सरकारले हालै चीनबाट स्वास्थ्य सामग्री खरिद गर्न अनियमितता भएको खबरहरू आइरहेका छन्।

साथै चैत २५ गतेपछि कोरोनासँग जुध्ने रणनीति के हुन्छ भन्ने उनले प्रश्न गरेका छन्। ‘सरकार, चैत २५ पछिको हाम्रो रणनीति र योजना के छरु,’ उनले सोधेका छन्। सरकारले चैत २५ सम्म लकडाउन जारी राख्ने यसअघि नै घोषणा गरेको थियो।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा