शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

क्षयरोगको खोप अनिवार्य भएका मुलुकमा कोरोनाको मृत्युदर कम


  • शुक्रबार, चैत्र २१ २०७६
18.4K
SHARES

काठमाडौं । क्षयरोगको खोप अनिवार्य गरिएका मुलुकमा कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या पनि तुलनात्मक रुपमा कम रहेको एक अध्ययनले देखाएको छ । प्रकाशित नभएका मेडिकल रिसर्चको साइट मेडआरएक्सआईभीका अनुसार क्षयरोगका लागि बीसीजी खोप दिइने मुलुकमा कोभिड-१९ का संक्रमित र मृतकको संख्या पनि कम देखिएको हो ।

द साउथ चाइना मर्निङ पोष्टका अनुसार, अहिले यो परीक्षण केवल छ मुलुकमा मात्र गरिएको छ । तर, छ मुलुकमा गरिएको यो अनुसन्धानले पनि महत्वपूर्ण नतिजा भने दिएको छ । यी मुलुकमा बीसीजी खोप दिएका स्वास्थ्यकर्मी र वृद्ध मानिसमा पनि कोभिड-१९ विरुद्धको प्रतिरक्षा प्रणाली एकै किसिमको पाइएको थियो ।

न्युयोर्क इन्स्टिच्युट अफ टेक्नोलोजीका सहायक प्राध्यापक गोन्जालो ओटाजुले जापानमा मृतकको संख्या कम देखिएसँगै यस विषयमा आफ्नो शोध सुरु गरेका थिए । चीनपछि सबैभन्दा पहिला जापानमा यो भाइरसको संक्रमण देखिएको थियो ।

साथै जापानले अन्य मुलुकले जस्तो लकडाउनलगायतका निर्णय पनि गरेको छैन । जापानमा वृद्ध मानिसहरुको संख्या पनि उल्लेख्य छ । कोभिड-१९ को असर धेरै वृद्ध मानिसमा हुने गरेको विभिन्न अध्ययनहरुले देखाएका छन् ।

ओटाजु आफूलाई यसअघि नै बीसीजी खोपले केवल क्षयरोगको ब्याक्टेरिया मात्र नभई अन्य संक्रामक रोगका जीवाणुलाई पनि रोक्ने क्षमता बढाउने आफूलाई थाहा भएको बताउँछन् ।

यससँगै उनको टोलीले अनिवार्य क्षयरोगको खोप भएका र केही स्थानमा मात्र यो खोप लगाइने मुलुकको तथ्यांक संकलन गरेको थियो । यसरी संकलन गरिएको तथ्यांक उनीहरुले गरेको शोधमा निकै मेल खायो ।

अमेरिका र इटालीजस्ता उच्च आम्दानी भएका मुलुकहरुमा अहिले धेरै कोभिड-१९ का बिरामी देखिएका छन् । यी मुलुकमा बीसीजीको खोप जोखिममा रहेका मानिसलाई मात्र अनिवार्य गरिएको छ ।

जब कि, जर्मनी, स्पेन, फ्रान्स, इरान र बेलायतमा बीसीजी खोप अनिवार्य गर्ने नीति थियो । तर, यो चार दशकभन्दा पहिला नै रोकिएको थियो । यो भाइरसको सुरुवात भएको चीनमा पनि बीसीजी खोपको व्यवस्था छ । तर, यो व्यवस्था सन् १९७६ भन्दा अघि राम्रो थिएन ।

दक्षिण कोरिया र जापानजस्ता बीसीजी खोप अनिवार्य भएका मुलुक अहिले कोभिड-१९ नियन्त्रणमा सफल देखिएका छन् । कम आम्दानी भएका मुलुकको तथ्यांक भने यस किसिमको अनुसन्धानको लागि त्यति विश्वसनीय मानिँदैन ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा