शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

नेपालमा कोरोना भाइरसका नयाँ संक्रमित नथपिएको स्पष्ट


  • शुक्रबार, चैत्र २१ २०७६
9.1K
SHARES

देशमा कोरोना भाइरसको संक्रमित छ जनाबाट नबढेको स्पष्ट भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सातौं संक्रमित नभेटिएको स्पष्ट पारेका हुन्।
आज मन्त्रालयमा पत्रकार सम्मेलनमा बोल्दै उनले हालसम्म छ जना संक्रमितमध्ये पाँचजनाको उपचार भइरहेको बताए । दुईजना टेकु, बाग्लुङमा २ र धनगढीमा एकजनाको उपचार भइरहेको बताए ।

हालसम्म १२ सय ७७ को नमूना परीक्षण भएकोमो छ जनामा संक्रमण भेटिएको जानकारी दिदै डा। देवकोटाले भने, ‘छ जनामध्ये पाँचजनाको उपचार भइरहेको छ र एकजना निको भई घर फर्किनुभएको छ ।’ उनले १२० जना आइशोलेशनमा रहेकोमध्ये उपत्यकामा १५ र उपत्यकाबाहिर १०५ रहेको बताए ।

छैठौं संक्रमित सम्पर्कमा आएकाहरुको पहिचान र परीक्षण शुरु भएको उनले बताए । देशभित्र धरान, पोखरा, हेटौंडा, जनकपुर, सुर्खेत र धनगढीमा परीक्षण भइरहेको र बुटवलमा उपकरण जडान कार्य भइरहेको बताए । हालसम्म १२ सय ७७ परीक्षण भइरहेको समेत बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा