आइतबार, कार्तिक २३ २०८३
ताजा अपडेट

टेक्सास कलेजले अनलाइन क्लास सुरु गर्दै


  • बुधबार, चैत्र १९ २०७६
23.4K
SHARES

काठमाडौँ ।
कोरोना भाइरसको इपिसेन्टर चीनबाट अहिले युरोपमा सरेको छ । सबैजसो देशहरु यसबाट प्रभावित छन् । कोरोनासँग लड्न देशहरुले अनेक रणनीति अवलम्बन गरिरहेका छन् । यसमा पनि सबैले अपनाएको साझा रणनीति हो लकडाउन । प्रायः देशहरुमा अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द छन् अहिले।
सरकारले मानिसहरुलाई ‘मिलेसम्म घरमै बसेर काम गर्न’ आग्रह गरेको छ । खासगरी ७० वर्ष नाघेका वृद्ध–वृद्धाहरुलाई घरबाट बाहिर ननिस्कन भनिएको छ । विश्वविद्यालय र उच्च शिक्षा अध्यापन गराउने कलेजहरु बन्द गराएको छ ।
यसै बिचमा राजधानीको मित्रपार्कमा रहेको टेक्सास इन्टरनेशनल कलेजले आफ्ना बिद्यार्थीको सहजताको लागि आगामी चैत्र २३ गते आइतबारबाट अनलाईन कक्षा सुचारु गर्ने भएको छ । जसको मद्दतबाट बिद्यार्थीले अब घरबाटै सहज रुपमा कक्षा लिन पाउनेछन । भर्चुअल क्लासको लागि चाहिने सम्पूर्ण तयारी पुरा भैसकेको कलेजका आइटी इन्चार्ज ओमकार बस्नेतले जानकारी दिनुभएको छ ।
कलेजका प्रिन्सिपल भेष राज पोख्रेलले बिद्यार्थीको खाली समयलई सहि ढंगबाट उपयोग गराउनुको साथै जस्तो अवस्थामा पनि गुणस्तरीय शिक्षा प्रदान गर्न कलेज परिवार सदैब तत्पर रहने र बिद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै यो सुबिधा सुचारु गर्ने जानकारी दिनुभएको छ ।
यस विकराल अबस्थामा सम्पूर्ण बिद्यार्थीले कलेजको कदमलाई सहर्ष अबलम्बन गर्ने पक्षमा कलेज परिवार निश्चिन्त रहेको कुरा कलेजका भाईस प्रिन्सिपल श्याम सुन्दर श्रेष्ठले जानकारी गराउनु भएको छ ।
हाललाइ यो कक्षा ब्याचलर पढिरहेका आइटीका बिद्यार्थीले दिनको एक घन्टाका दरले पाउने र आगामी दिनमा सम्पूर्ण संकायमा यस किसिमको कक्षा संचालनमा ल्याउने कलेजको तयारी रहेको कलेजका आइटी प्रमुख सुमन थपलियाले जानकारी दिनुभएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा