शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

धरानमा १२ जनाको रिपोर्ट नेगेटिभ


  • बुधबार, चैत्र १९ २०७६
16.4K
SHARES

विराटनगर । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा कोरोना भाइरसको आशंका गरिएका १२ जना बिरामीको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

प्रतिष्ठानमा ल्याब स्थापना भएपछि बुधबार पहिलो पल्ट १२ जनाको स्वाब परीक्षण गरिएको थियो ।

प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक एैरले प्रदेश भरिका कोरोना भाइरसको आशंका गरिएका बिरामीको संकलित स्वाब परीक्षण गर्दा सबैको नेगेटिभ आएको जानकारी दिए ।

‘प्रतिष्ठानबाट संकलित चार जनासहित १२ जनाको स्वाबको नमुना परिक्षण गरिएको थियो’ सहप्रवक्ता एैरले भने,‘परीक्षण गरिएका सबैको रिजल्ट नेगेटिभ आएको छ’। संकलित स्वाब मोरङ, झापा, सुनसरी, धनकुटा लगायतका जिल्लाबाट रहेको उनले बताए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा