काठमाडौं, चैत १९ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभाइरस संक्रमित चारजनाको सम्पर्कमा आएका व्यक्तिहरुमा संक्रमण नदेखिएको जनाएको छ ।
पत्रकार सम्मेलनमा आज जानकारी दिँदै मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दुईजना संक्रमतिका आफन्त तथा नजिकका व्यक्तिहरुमा संक्रमण नदेखिएको र अन्य दुईजनासँग सम्पर्कमा आएका ८४ प्रतिशत व्यक्तिहरुको पनि परीक्षण सकिएको जानकारी दिए ।
हालसम्म एक हजार १३३ जनाको परीक्षण भएको भन्दै उनले पछिल्लो २४ घन्टामा परीक्षण गरिएका ७३ जनामा पनि कोरोनाभाइरस संक्रमण नदेखिएको जानकारी दिए ।
हाल र धरानस्थित स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाँचजनाको परीक्षण गरिसकेको तथा सुर्खेत, धनगढी र बुटवलमा बिहीबारदेखि परीक्षण सुरु गराउने जानकारी दिए ।
यस्तै, मन्त्रालयले सुरु गरेको कोरोनाभाइरससम्बन्धी एपमा आफ्नो लक्षण राख्ने दुई हजार ३०० मध्ये १२ जनाको स्वास्थ्य परीक्षण गरिने डा। देवकोटाले जानकारी दिए ।
खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।