शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

कोरोना आशंका गरिएको जुम्लाका चारै जनाको परीक्षण रिपोर्ट आयो


  • बुधबार, चैत्र १९ २०७६
19.6K
SHARES

जुम्लामा कोरोना सङ्क्रमित भनी आशङ्का गरिएका चार जना बिरामीको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको स्वाब सङ्कलन गरी काठमाण्डौ पठाइएको थियो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले चारै जनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।  प्रतिष्ठानका निर्देशक डा. मङ्गल रावलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौमा परीक्षण गरिएका स्वाबको रिपोर्ट नेगेटिभ देखिएको जानकारी दिनुभयो ।

प्रतिष्ठानले ३ दिनअगाडि जुम्लाबाट एम्बुलेन्समा नेपालगञ्ज हुँदै रिपोर्ट काठमाण्डौ पठाएको थियो । रिपोर्ट नेगेटिभ आएपछि जुम्ला सुरक्षित छ भन्ने आशा जगाएको छ ।

भारतबाट आएका जिल्लाको तातोपानीका एक जना र उनका छोरालाई ज्वरो आएपछि आइसोलेसनमा राखिएको थियो । अहिले जुम्लाका स्थानीय सरकारले भारत र तेस्रो मुलुकबाट आएका ७२ जनालाई क्वरेण्टीनमा राखेको स्थानीय प्रशासनको तथ्याङ्कमा उल्लेख छ  ।

यसैगरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले उच्च स्तरको तयारी थालेको छ । प्रतिष्ठानका डाक्टर धिरज गुरुङको संयोजकत्वमा चिकित्सकको टोली खटाइनुका साथै प्रतिष्ठानका १ सय २० बेडलाई आइसोलेसन वार्ड बनाइएको छ ।

कर्णाली प्रदेश सरकारले कर्णालीका तीन वटा अस्पताललाई आइसोलेसन सेन्टर बनाउने घोषणा गरेको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा