शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

‘लकडाउन’को अवज्ञा गर्ने एक हजार भन्दा बढि प्रहरी नियन्त्रणमा


  • बुधबार, चैत्र १९ २०७६
13.1K
SHARES

कोरोना भाइरसको संक्रमण रोक्न सरकारले देश लकडाउन गरको आज नवौं दिनमा नियमको पालना नगर्ने एक हजार भन्दा बढिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले नियन्त्रणमा लिएका सबैलाई सडकमै हिरासत बनाएर उभ्याएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रबाट उनीहरुलाई नियन्त्रणमा लिएर खुला आकासमुनि उभ्याएर संक्रमणबारे सचेतना दिएको महानगरिय प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी आयुक्तको कार्यालय, रानीपोखरीका अनुसार लकडाउन उल्लंघन गर्नेमा झण्डै दुई सय महिला समेत रहका छन । बुधबार लकडाउनको नियम तोड्दै विना पास सवारी चलाउने चालकसहित ५५ वटा सवारीसाधन पनि होल्डमा परेका छन् ।

प्रहरीले मंगलबार समेत राजधानीका विभिन्न ठाँउबाट लकडाउन अवज्ञा गर्नेमध्ये ६ सय भन्दा बढिलाई सडकमै होल्ड गरेको थियो ।त्यस्तै, ७० वटा सवारीसाधन समेत नियन्त्रणमा राखेर होल्डमा परेका थिए ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा