शुक्रबार, साउन २९ २०८३
ताजा अपडेट

पोर्चुगलमा ८ नेपालीलाई कोरोना संक्रमण


  • बुधबार, चैत्र १९ २०७६
14.8K
SHARES

फाइल तस्विर

पोर्चुगलको राजधानी लिस्बनमा बस्दै आएका आठ जना नेपालीमा कोरोना संक्रमण प्रष्टि भएको छ ।

संक्रमित सबै मार्कस्पोम्बलस्थित एउटै फ्ल्याटमा बस्दै आएको जनाइएको छ ।उनीहरुमध्ये एक जनालाई विगत २ सातादेखि निरन्तर ज्वरो आएको थियो। उनले स्वास्थ्यकर्मीको सल्लाहमा औषधि सेवन गर्दा समेत ज्वरो कम नभएपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

उनमा सङ्क्रमण पुष्टि भएलगत्तै फ्ल्याटमा बस्ने अन्यको पनि जाँच गर्दा आठै जनामा कोरोना पुष्टि भएको गैह्रआवासीय नेपाली सङ्घ पोर्चुगलले जनाएको छ । सङ्क्रमितमध्ये एक बालक र एक गर्भवती पनि छन्। उनीहरुमध्ये दुई जनालाई अस्पताल भर्ना गरिएको छ। अन्यलाई घरकै क्वारेन्टाइनमा राखिएको छ। सोही घरको अर्को फ्ल्याटमा बस्दै आएका अन्य पाँच जनापनि हाल क्वारेन्टाइनमा रहेका छन् ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा