शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

सिंगो गाउँ रुघाखोकीको चपेटामा


  • बुधबार, चैत्र १९ २०७६
11.5K
SHARES

खप्तड छेडेदह गाउँपालिका–३ पुराबाब्लाको सिंगो गाउँ रुघाखोकीको चपेटामा परेको छ। सातादिनअघिदेखि फैलिएको रुघाखोकी संक्रमणले पुराबाब्लाका ३ सयभन्दा बढी परिवारका सदस्य बिरामी परेका छन्। हरेक घरका २ देखि ५ जनासम्म रुघाखोकी र ज्वरोकोका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए ।

सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिँगटा लाग्ने, खानमन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए। परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छोडेका छन् ।

कोरोना संक्रमण हो कि भन्ने त्रास गाउँलेमा छ। गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले भने मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए ।

सिंगो गाउँ नै प्रभावित भएपछि स्थानीय त्रसित छन् । कोरोना संक्रमण हो कि भन्ने त्रास गाउँलेमा छ । गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले भने मौसमी परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बिरामीमध्ये अधिकांशको अवस्था सामान्य भए पनि केहीलाई गाह्रो भएको छ। साँझको समयमा बढी गाह्रो हुने गरेको बिरामी सुन्तला मिजारले बताइन् ।

गाउँ नै रुघाखोकीको संक्रमणले थलापरेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरेको छ । नागरिक दैनिकबाट


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा