शनिबार, कार्तिक १ २०८३
ताजा अपडेट

९ महिने गर्भवती र दुधे बालकसहितका ९२ नेपाली भारतमा अलपत्र


  • बुधबार, चैत्र १९ २०७६
9.3K
SHARES

उनीहरु गौरीफन्टा नाका हुँदै देशभित्र प्रवेश गर्न हिंडेका थिए । भारतमा लकडाउनका कारण दिल्ली हरियाणा सीमामा रहेको फरिदावादबाट हिंडेका थिए । तर, ट्राभल्स सञ्चालकहरुको लापरवाहीले अलपत्र परे । कोरोना भाइरसको रोकथामका लागि भारतले लकडाउन गरेपछि नेपालीहरु कठिन यात्रा गरी आउँदै गर्दा अलपत्र परेका हुन् ।

उत्तर प्रदेशको रामपुरमा ९२ जना नेपालीहरु अलपत्र परेको खबर सामाजिक सञ्जालमा आएपछि दिल्लीमा रहेका नेपाली काँग्रेसका युवा नेता सन्दीप रानाले सहयोगका लागि कदम चाले । उनले उत्तर प्रदेश सरकारसँग समन्वय गरी तत्काल रामपुरकै राजकीय आश्रद्ध पद्धति इन्टर कलेजमा बस्ने व्यवस्था मिलाए । रानाले उत्तर प्रदेशका जलशक्ति मन्त्री बलदेव आलेखलाई आग्रह गरेपछि व्यवस्थापन भएको हो । बच्चाहरुलाई फलफूल र दूधको व्यवस्था भएको छ । राहत क्याम्पमा पुगेपछि अलपत्र नेपालीले आफूहरु स्वर्गमा पुगे जस्तो भएको बताएका छन् ।

अलपत्र नेपालीहरुको समूहमा ९ महिनाकी गर्भवती महिला पनि छिन् । उनलाई अस्पतालमा राखिएको छ । रानाकै पहलमा अलपत्र परेका हजारौं नेपालीलाई सीमासम्म पुर्याउने र भारतका विभिन्न स्थानमा सुरक्षित व्यवस्थापन कार्य हुँदै आएको छ ।


खुशी मिडिया प्रा.ली. द्धारा सञ्चालित KTMKHABAR लाई नेपाली र अंग्रेजी संस्करणबाट पढ्न, हेर्न र सुन्न सक्नुहुनेछ । एप्सबाट सिधा समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक, युटुब र ट्वीटरमा पनि हामिसंग जोडिन सक्नुहुनेछ ।


प्रतिक्रिया
सम्बन्धित समाचार

यो साता चर्चामा